PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

जब बाजाले गु्ञ्जियो जमल, अनि असन पुग्यो सेतो मछिन्द्रनाथको रथ

जब बाजाले गु्ञ्जियो जमल, अनि असन पुग्यो सेतो मछिन्द्रनाथको रथ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सधैँजसो सवारीसाधनको चाप रहने जमल क्षेत्रमा आज बिहानैदेखि माहोल बेग्लै थियो। तीनधारा पाठशाला अघि एक हप्ता अघिदेखि बनाउन सुरु भएको   वर्षा र सहकालका देवता करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:)को रथ निर्माण सम्पन्न गर्न गुठियारहरुलाई हतारो थियो। 

दिन ढल्दै गर्दा जमल तीनधारा क्षेत्रमा मानिसको संख्या बढ्दै थियो। बाजागाजासहित युवाहरु त्यहाँ पुगिरहेका थिए।

साँझ ६ बजे सेतो मछिन्द्रनाथको मन्दिर रहेको जनबहालबाट सेतो मछिन्द्रनाथलाई विधिपूर्वक पूजा गरि खटमा राखेर तीनधारा पाठशाला अघि ल्याइयो। त्यसपछि आज तीनधारा पाठशाला अघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई बिराजमान गराइएको थियो। 

त्यसपछि सयौं मानिसको सहभागितामा रथ तानेर घण्टाघर, रत्नपार्क, भोटाहिति हुँदै असनसम्म पुर्‍याइयो। यसपटक महिलाले मात्रै रथ तानेर जात्रा सुरु गरेका हुन्। पहिलोपटक सेतो मछिन्द्रनाथको रथलाई महिलाले मात्रै तानेर असन पुर्‍याएका हुन्।

आज जमलमा रथयात्राका क्रममा संस्कृति पर्यटन मन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठ, सोबिता गौतम लगायत नेताहरु सहभागी थिए। रथयात्राको अवसरमा महानगरले विशेष कार्यक्रम आयोजना गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell