PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायी आन्दोलित

ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायी आन्दोलित

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललितपुर : कानुन व्यवसायीहरुले ललितपुर जिल्ला अदालत, पाटनमा विरोध प्रदर्शन गरेका छन्। कानुन व्यवसायी अमिर लामिछानेमाथि दायर भएको मुद्दा खारेजीको माग गर्दै कानुन व्यवसायीले प्रदर्शन गरेका हुन्।

लामिछानेले सोही अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि बुधवार कार्यकक्षमा काम गरिरहेकै अवस्थामा लामिछानेले कुटपिट गरेको आरोप लागेको थियो। उक्त घटनाको विरोधमा प्रेमिकाको पक्षमा रहेके अदालतका कर्मचारीले आइतवार दिउँसो साढे १ बजेसम्म देशैभरीका सम्पूर्ण अदालतहरुमा कामकारवाही बन्द गर्न गरेका थिए। लामिछाने पक्षधर कानुन व्यवसायीले भने सोमवार जिल्ला अदालत पाटनमा विरोध प्रदर्शन गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell