PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

अन्तरजातीय विवाहपछि दलितको घर जलाएको विरोधमा जसपाको प्रदर्शन

अन्तरजातीय विवाहपछि दलितको घर जलाएको विरोधमा जसपाको प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : अन्तरजातीय विवाहपछि दलितको घर जलाएको घटनाको विरोधमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रदर्शन गरेको छ। शिल्पी/दलित विशेष राष्ट्रिय समिति र समाजवादी दलित मुक्ती संगठन जसपा नेपालले विरोध प्रदर्शन गरेको हो।

माइतीघरमा बुधवार भएको प्रदर्शनमा 'जातीय विभेद बन्द गर' भन्दै नेता कार्यकर्ताहरुले नारा लगाउँदै विरोध जनाएका थिए। उनीहरुले दोषीलाई कारबाहीको माग समेत गरेका थिए।

जुम्लामा आफ्नी बहिनीले दलित केटासँग प्रेम विवाह गरेपछि दाइले केटाको घर जलाइदिएका थिए। सो घटनामा प्रहरीले घर जलाउने हिम्मत गिरीलाई प्रक्राउ गरेर मुद्दा चलाएको छ। अदालतले हिम्मतका बुवा र काकाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। घर जल्दा ६५ लाख बराबरको सामान जलेर नष्ट भएको पीडितको दाबी छ।



ट्रेन्डिङ पोस्ट

Ncell