PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

शोभराजलाई अध्यागमनबाट विमानस्थलतर्फ लैजाँदा जे देखियो …

शोभराजलाई अध्यागमनबाट विमानस्थलतर्फ लैजाँदा जे देखियो …

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई विमानस्थल लगिएको छ। उनलाई आजै डिपोर्ट गरिन लागेको हो।

शोभराज आज मध्यान्हमा केन्द्रीय कारागारबाट थुनामुक्त भएका थिए। त्यसपछि अध्यागमन विभाग पुर्‍याएका शोभराजलाई आवश्यक प्रकृया पुर्‍याएर फ्रान्स डिपोर्ट गरिएको हो।

साढे ६ बजे कतार एयरलाइन्सको विमानमार्फत फ्रान्स डिपोर्ट गर्न लागिएको उनी ५ बजे अध्यागनबाट निस्किएका छन्। अध्यागनबाट निस्किँदा शोभराज सवार भ्यान हो कि भन्दै मिडियाले घेरा हालेका थिए। यद्यपि शोभराजले मिडिया फेस गर्न चाहेनन्। शोभराजले मिडिया फेस गर्न नचाहेपछि अध्यागमनले डमीसमेत तयार पारी तीन वटा भ्यान विमानस्थलतर्फ लगेको थियो। जसले गर्दा कुन भ्यानमा शोभराज थिए भन्ने ठम्याउन मिडियाकर्मीलाई मुश्किल परेको थियो।

नेपालमा कहिल्यै फर्कन नपाउने गरी शोभराजलाई डिपोर्ट गरिएको अध्यागमनले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell