PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

बहादुर भवनमा निशा डाँगीदेखि पशुपति शमशेरसम्म, समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई दिइयो प्रमाणपत्र

बहादुर भवनमा निशा डाँगीदेखि पशुपति शमशेरसम्म, समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई दिइयो प्रमाणपत्र

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फबाट विजयी सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ।

बहादुर भवनमा रहेको आयोग कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रतिनिधसभामा निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो। यस्तै, प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई पनि आजै प्रमाणपत्र हस्तान्तरण गरिएको छ।

११० समानुपातिक सिटमा एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट पाएको छ। यसैगरि माओवादीले १४ सिट पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले थ्रेस होल्ड कटाउँदै ५ सिट पाएको छ।

समानुपातिकतर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका निशा डाँगी सबैभन्दा कम उमेर (२५ वर्ष) की सांसद बनेकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर जबरा सबैभन्दा जेष्ठ (८० वर्ष) सांसद बनेका छन्।

आयोगले निर्वाचनको मतपरिणामसहितको अन्तिम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ। भण्डारी अहिले नयाँ सरकार गठन र संसद बैठक आह्वानको तयारीमा छिन्।

को को बने सांसद :



ट्रेन्डिङ पोस्ट

Ncell