PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा धर्ना, 'सरकारसँग कुरा हुन्छ तर निकास निस्किँदैन'

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा धर्ना, 'सरकारसँग कुरा हुन्छ तर निकास निस्किँदैन'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै माइतीघरमा धर्ना आज पनि जारी छ। कुर्मीको गाउँका स्थानीय र महिला अधिकारकर्मीसहितको समूहले पुस १४ गतेदेखि हरेकदिन माइतीघरमा धर्ना दिइरहेका छन्।

नेपालगंजकी कुर्मी बेपत्ता हुनु र पछि उनको हत्या भएको प्रकरणमा प्रहरीले छानबिन नगरेको अधिकारकर्मीहरुको दाबी छ। प्रहरीले यो घटनाको छानबिन गर्न चार सदस्यीय टोलीसमेत गठन गरेको थियो।

धर्ना दिइरहेकी महिला अधिकारकर्मी रुबि खानले कुर्मीको हत्याको घटना छानबिनका लागि सरकारबाट कुनै पहल नभएको बताइन्। धर्नामा बसिरहेकाहरुले छानबिनका लागि न्यायिक आयोग गठनको मागसँगै यो मुद्दालाई सर्वोच्च अदालतसम्म लग्नुपर्ने बताउँदै आएका छन्।

अहिले आन्दोलनरत् पक्ष धर्नापछि कलंकीमा बसिरहेका छन्। आफूहरु उधरोमा काठमाडौंमा बसिरहेको उनले बताइन्। रुबि खानले जाडो मौसममा यसरी धर्ना बसिरहँदा पनि सरकार पक्षले कुनै वास्ता नगरेको आरोप लगाइन्।

'कुनै पनि सरकारले राम्रो रेसपोन्स दिएको छैन। सहमति पहिलाको सरकारसँग पनि भएको हो। अहिलेको सरकारसँग पनि छलफल भइरहेको छ। निकास भएको छैन,' उनले भनिन्।

निर्मला कुर्मीको हत्याबारे अनुसन्धानका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग पनि रुबिले टेलिफोनमा कुराकानी गरेकी थिइन्।  

'हिजो गृहमन्त्रीले कुरा गर्नुभयो। छलफल भइरहेको छ,' उनले भनिन्।



ट्रेन्डिङ पोस्ट

Ncell