PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • आज जागा हुने भगवान् विष्णुको आराधाना गर्न चाँगुनारायणमा भक्तजनहरुको भीड

    आज जागा हुने भगवान् विष्णुको आराधाना गर्न चाँगुनारायणमा भक्तजनहरुको भीड

    भक्तपुर : कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनहरुको भीड लागेको छ। भक्तपुरको चाँगुनारायणसहित उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो। आज भगवान् विष्णुको पूजाआजा तथा आराधना गर्न बिहानैदेखि नारायण मन्दिरहरुमा भक्तजनको घुइँचो लाग्ने गर्छ। असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीमा क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक…

    विस्तृतमा पढ्नुस्

  • भृकुटी मण्डपमा ‘उम्मेदवार मेला’ : प्रमुख पार्टीलगायत अधिकांश उम्मेदवार आएनन्

    भृकुटी मण्डपमा ‘उम्मेदवार मेला’ : प्रमुख पार्टीलगायत अधिकांश उम्मेदवार आएनन्

    काठमाडौं : भुगोल पार्क डट कमले भृकुटी मण्डपमा मतदातासँग साक्षात्कार गर्ने उद्देश्यले ‘उम्मेदवार मेला’को आयोजना गरेको छ। मेलामा उम्मेदवारहरुको लागि छुट्टा छुट्टै स्टलको व्यवस्था गरिएको थियो। काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटा प्रतिनिधिसभा र ३० वटा प्रदेशसभाका विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई एकै ठाउँमा भेला गराएर मतदातासँग साक्षात्कार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ

    उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ

    भक्तपुर : सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न भएको छ। सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने यो पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ। यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ। बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो। सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित…

    विस्तृतमा पढ्नुस्

  • कमल पोखरीमा यस्तो देखियो राष्ट्रपति भण्डारीको छठपूजा : पुगे गगनदेखि बालेनसम्म

    कमल पोखरीमा यस्तो देखियो राष्ट्रपति भण्डारीको छठपूजा : पुगे गगनदेखि बालेनसम्म

    काठमाडौं : आज छठको मुख्य दिन। सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको कमलपोखरी र गौरीघाट पुगेकी छन्। राष्ट्रपति भण्डारीले कमलपोखरी र गौरीघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन्। अस्ताउँदो सूर्यलाई अर्घ्य दिन कमल पोखरीमा कांग्रेस महामन्त्री गगन थापादेखि काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह 'बालेन' सम्म पुगेका छन्। गुह्येश्वरीमा यस वर्ष विगतमा भन्दा बढी छठ घाटको निर्माण गरिएको छ। विगतमा करिब पाँच…

    विस्तृतमा पढ्नुस्

  • छठपूजाका लागि यसरी चिटिक्क पारिँदै गौरीघाट - गुहेश्वरी

    छठपूजाका लागि यसरी चिटिक्क पारिँदै गौरीघाट - गुहेश्वरी

    काठमाडौं : सूर्यको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि काठमाडौंको गौरीघाट सिँगारिएको छ। आस्थाको महापर्व मानिएको छठको तयारीका लागि गौरीघाटदेखि गुहेश्वरीसम्मै वाग्मती वारपार सरसफाइ गरी चिटिक्क बनाइएको छ। पूजास्थलमा वारपारका लागि बाँसको पुल हालिएको छ। पूजास्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन्। पूजास्थलमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गर्नाका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न पण्डाल पनि…

    विस्तृतमा पढ्नुस्

  • दिदीबहिनी नहुनेले रानीपोखरीमा यसरी साटे खुसी, टीका लगाउन आउनेको बिहानैबाट भिड

    दिदीबहिनी नहुनेले रानीपोखरीमा यसरी साटे खुसी, टीका लगाउन आउनेको बिहानैबाट भिड

    काठमाडौं : आज भाइटीका। दिदीबहिनी भएकाले साइत पारेर टीका लगाउँदैछन्। दिदीबहिनीहरुले आफ्नो दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदैछन्। आज भाइटीकाका दिन धेरैजना रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउन पुगिरहेका छन्। दिदीभाई नहुनेहरुले यहाँ पुगेर टीका लगाउने गर्छन्। बिहानैदेखि रानीपोखरीमा टीका थाप्नेको भिड छ। अघिल्लो वर्षहरुमा झैं…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर पुगेर प्रधानमन्त्री देउवाद्वारा शंखधरको शालिकमा माल्यार्पण, हेर्नुस् दृश्यमा

    भक्तपुर पुगेर प्रधानमन्त्री देउवाद्वारा शंखधरको शालिकमा माल्यार्पण, हेर्नुस् दृश्यमा

    प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाःको शालिकमा माल्यार्पण गरेका छन्। बुधवार बिहान भक्तपुरको थिमिमा रहेको शंखधर चोक पुगेर प्रधानमन्त्री देउवाले शंखधरको शालिकमा माल्यार्पण गरेका हुन्। उक्त अवसरमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको प्रधानमन्त्री देउवाले बताए। नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको…

    विस्तृतमा पढ्नुस्

  • कुकुरको उद्धारमा तल्लीन श्रृजना भन्छिन् : हरेक दिन कुकुरको दिन हो

    कुकुरको उद्धारमा तल्लीन श्रृजना भन्छिन् : हरेक दिन कुकुरको दिन हो

    काठमाडौं : गोकर्णमा उद्धार गरि राखिएका कुकुरहरुको पूजा गरिएको छ। गोकर्णमा श्रृजना ठकुरीले श्रीज एनिमल रेस्क्यू नेपाल संस्था खोलेकी छिन्। त्यहीँ नै आज उद्धार गरि स्याहार गरिराखिएका कुकुरहरुलाई पूजा गरिएको हो। गोकर्णमा उनले एउटा टहरा बनाएर कुकुरहरुलाई उद्धार गरेर राखेकी छिन्। उनको टहरामा हाल करिब ३०० वटा कुकुर छ। श्रृजनाले हालसम्म एक हजारभन्दा बढी कुकुरहरुको उद्धार गरिसकेकी छिन्। उनले घरबाट निकालिएका र सडकमा…

    विस्तृतमा पढ्नुस्

  • सेनामा कुकुर तिहार : गोल्डेन रिट्रिभरदेखि ककर स्पानियलले देखाए कला

    सेनामा कुकुर तिहार : गोल्डेन रिट्रिभरदेखि ककर स्पानियलले देखाए कला

    काठमाडौं : आज कुकुर तिहार। भक्तपुरको सानोथिमि स्थित पशु परिवहन  गुल्ममा तालिम प्राप्त कुकुरहरुको पूजा गरिएको छ। हाल नेपाली सेनामा जर्मन सेफर्ड, लेब्राडोर, गोल्डेन रिट्रिभर, ककर स्पानियल, बेल्जियम मेलोनाइज प्रजातिको तालिम प्राप्त कुकुर छन्। यी कुकुरहरु स्निफिङ, खोज तथा उद्धार, ट्रयाकिङ, पेट्रोलिङमा प्रयोग भइरहेका छन्। यस्तै, अति विशिष्ट सहभागी हुन कार्यक्रमा पनि यी कुकुरको प्रयोग गरिन्छ।

    विस्तृतमा पढ्नुस्

  • धान पाकेपछि किसानलाई छ भित्र्याउनको चटारो

    धान पाकेपछि किसानलाई छ भित्र्याउनको चटारो

    काठमाडौं : उपत्यकामा यतिखेर धान भित्र्याउने चटारो छ। मध्य असोजदेखि कात्तिकसम्म यहाँ धान भित्र्याइ सकिन्छ। भक्तपुर जौखेल, चाँगुनारायणका किसानहरु यतिबेला धान भित्र्याउनमा व्यस्त देखिन्छन्। चुटेर राखिएको धानलाई निफनेर सुकाएपछि भित्र्याउने गरिन्छ। सबैभन्दा खपत हुने खाद्यबाली भएकाले धान उत्पादनलाई महत्वका साथ हेरिन्छ।

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको पोटरी स्क्वायरमा ‘तिहार फिभर’ : पाला बनाउने कामको यस्तो छ चटारो

    भक्तपुरको पोटरी स्क्वायरमा ‘तिहार फिभर’ : पाला बनाउने कामको यस्तो छ चटारो

    काठमाडौं : शहरमा तिहारको ‘फिभर’ चढिसकेको छ। मान्छेहरु किनमेल गर्नतिर व्यस्त छन्। घरहरु झिलीमिली हुन सुरु भइसके। फूलको व्यापार पनि उस्तै। यतिबेला भक्तपुरस्थित ‘पोटरी स्क्वायर’ नामले चर्चित ‘कुमाले टोल’मा भने माटाको भाँडा बनाउने कामको चटारो छ। प्रायः सबै व्यस्त देखिन्छन्। तिहारले गर्दा पालाको ‘डिमाण्ड’ अरु समयभन्दा दोब्बरले बढ्छ। बोल्न समेत फुर्सद छैन। माग अनुसार माटाका भाँडा पुर्‍याउन नसकेर तनाव छ…

    विस्तृतमा पढ्नुस्

  • गुन्डुमा तिहारका लागि तयार भए मखमली

    गुन्डुमा तिहारका लागि तयार भए मखमली

    भक्तपुर सूर्यविनायकभन्दा दक्षिणको स्थान गुन्डुमा तिहारको माहोल देखिन्छ। मखमली फूलका लागि उपत्यकामै चिनिएको ठाउँ हो यो। यहाँ मखमली फूल ढकमक्क फूलेपछि तिहार नजिकिएको संकेत मिल्छ। अझ फूल टिप्न थालेपछिको माहोल झनै बेग्लै। तिहार नजिकिएकाले फूल टिप्न यहाँका किसानलाई भ्याइनभ्याई छ। टिप्नेले माला बनाउनेसम्म फूल पुर्‍याउने र फूल जम्मा पारेर माला गाँस्ने गरिन्छ। तिहार नजिकिएसँगै फूलको माग उच्च हुन्छ। अझ नओइलाउने…

    विस्तृतमा पढ्नुस्

  • ‘बुंग महोत्सव’मा रम्यो बुंगमती, फेरि बन्ला पर्यटक हब?

    ‘बुंग महोत्सव’मा रम्यो बुंगमती, फेरि बन्ला पर्यटक हब?

    ललितपुरमा ‘बुंग महोत्सव’ सम्पन्न भएको छ। बुंगमतीमा शनिबार बिहान सम्पदा यात्राबाट सुरु भएको महोत्सवमा सांगीतिक र साहित्यिक प्रस्तुति आयोजना गरिएको थियो। कार्यक्रममा ललितपुर महानगपालिका प्रमुख चिरिबाबु महर्जनले रातो मछिन्द्रनाथको मन्दिर अझै निर्माण सम्पन्न नभएको भन्दै त्यसलाई चाँडो निर्माण गर्नु पर्नेमा जोड दिएका थिए। मन्दिर निर्माण नहुँदा रातो मच्छिन्द्रनाथलाई अस्थायी मन्दिरमा राखिँदै आइएको छ। रातो मछिन्द्रनाथको मन्दिर २०७२ सालको भूकम्पमा भत्किएको…

    विस्तृतमा पढ्नुस्

  • मंगलबजारमा गुञ्जियो प्रहरीको ब्यान्ड, नेपाली र नेवारी गीत बज्दा झुमे दर्शक

    मंगलबजारमा गुञ्जियो प्रहरीको ब्यान्ड, नेपाली र नेवारी गीत बज्दा झुमे दर्शक

    काठमाडौं : नेपाल प्रहरीले पाटन दरबार क्षेत्रमा सांगितिक प्रस्तुती दिएको छ। मंगलबजारमा '६७ औ प्रहरी दिवस २०७९' को अवसरमा प्रहरीले ब्याण्ड डिस्प्ले कार्यक्रमको आयोजना गरेको हो। प्रहरीको ब्यान्डले राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको थियो। कार्यक्रममा प्रहरीले 'फाइनल काउन्टडाउन' गीतका साथै राष्ट्रियता झल्कने गीत र अन्य नेपाली गीत पनि प्रस्तुत गरेका थिए। यस्तै, प्रहरीले नेपालभाषा (नेवारी) गीत समेत प्रस्तुत गरेको…

    विस्तृतमा पढ्नुस्

  • धानको बाला झुल्ने बेलैमा, चाँगुनारायण क्षेत्रबाट यस्तो देखियो धानको फाँट

    धानको बाला झुल्ने बेलैमा, चाँगुनारायण क्षेत्रबाट यस्तो देखियो धानको फाँट

    असोज सकिनै लाग्दा काठमाडौं उपत्यकाको मौसम खुल्न थालेको छ। जेठअसारमा लगाएको धान भित्र्याउने समय पनि हो यो। उपत्यकाका कतिपय स्थान त घरघरैले भरिन थालेका छन्। अहिले काठमाडौं, ललितपुर र भक्तपुरका फाँटमा लहलह धान झुल्न थालेका छन्। खेतका फाँट सुनौला देखिन थालेका छन्। घरको छेउकुनामा रहेका साना गराहरुमा पनि धान खेती लगाएको देखिन्छ। बुधवार बिहान भक्तपुरको चाँगुनारायणबाट देखिएको दृश्य :  

    विस्तृतमा पढ्नुस्

  • जम्पर, ट्राउजर र कालो क्यापमा उत्रिएका सन्दीप : हतकडी छोप्न रुमाल, दृश्यमा पक्राउ पर्दाको क्षण

    जम्पर, ट्राउजर र कालो क्यापमा उत्रिएका सन्दीप : हतकडी छोप्न रुमाल, दृश्यमा पक्राउ पर्दाको क्षण

    काठमाडौं : जबरजस्ती करणीको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। आजै लामिछाने कतार एयरवेजमार्फत काठमाडौं उत्रेका हुन्। विमानस्थलबाट बाहिरिँदा उनी जम्पर, ट्राउजर र कालो क्यापमा देखिए। कालो क्याप लगाएका उनले कालै मास्क लगाएका थिए। प्रहरीको नियन्त्रणमा रहेका उनको हातमा हथकडी लगाइएको थियो। यद्यपि हतकडी रुमालले छोपिएको थियो। सन्दीपलाई अब गौशला प्रहरी वृत्तमा राखेर उनीमाथि लागेको…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा उमंगको उडान : चांगुनारायणमा चंगा चेट

    दशैंमा उमंगको उडान : चांगुनारायणमा चंगा चेट

    काठमाडौं : देशलाई दशैंको उमंगले छोपेको छ। यो पर्वको आगमनसँगै चंगाले पनि बेग्ले उमंग बोकेर आउँछ। हुन त अरु बेला पनि चंगा उडिइन्छ तर पनि दशैंको घटस्थापनादेखि नै विशेषगरी बालबालिकाहरु चंगाको उडानसँगै आफ्न खुसीहरु छर्न चाहन्छन्। दशैं र चंगाले बेग्लै अर्थ बोक्छ यो समय बालबालिकाका लागि। विविध रंगमा उडेका चंगा देख्दा लाग्छ- उनीहरुको खुसी पनि इन्द्रेणी जस्तै मुस्कुराइरहेको छ। हातमा लट्टाई…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा फूलपाती बढाइँ : राइफल र तोप पड्काएर दिइयो सलामी

    टुँडिखेलमा फूलपाती बढाइँ : राइफल र तोप पड्काएर दिइयो सलामी

    काठमाडौं : दशैंको सातौँ दिन आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ फूलपाती बढाइँ गरेका थिए। सेनाको टोलीले सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुको साथै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ र मार्चपास्टसहितको बढाइँ प्रस्तुत गरेको थियो। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं…

    विस्तृतमा पढ्नुस्

  • बाटो हेरे हुन्छ है घरमा, यसपालीको दशैं… : दृश्यमा सहर छाड्ने चटारो

    बाटो हेरे हुन्छ है घरमा, यसपालीको दशैं… : दृश्यमा सहर छाड्ने चटारो

    दसैंको छैटौं दिन। भोलि फुलपाती भएकाले पनि काठमाडौंबाट अधिकांश मानिसहरु आजै गाउँ जाँदैछन्। राजधानीबाट बाहिरिने नाकाहरुमा बिहानैबाट सहर छाड्नेको लर्को देखिन्छ। सार्वजनिक बस, रिजर्भ बसदेखि निजी सवारीमा धमाधम सहर छड्ने चटारो देखिन्छ। दशैंमा यसरी आफ्नो गाउँ ठाउँ पुग्दै गर्दा गाउँठाउँ सम्झेर कतिपयले रेशम सापकोटा, प्रकाश क्षेत्री र विष्णु माझीले गाएको गीत 'बाटो हेरे हुन्छ है घरमा, यसपालीको दशैं र तिहारमा'…

    विस्तृतमा पढ्नुस्

  • असनलाई छोप्यो दशैँको माहोलले : पसलदेखि फुटपाथसम्म किनमेल गर्नेको भीड

    असनलाई छोप्यो दशैँको माहोलले : पसलदेखि फुटपाथसम्म किनमेल गर्नेको भीड

    काठमाडौं : देशभर दशैँको माहोलले छोपिसकेको छ। दशैँ मनाउन किनमेल गर्नेको घुँइचो पनि उत्तिकै छ मुख्य बजारमा। राजधानीको मुख्य असन क्षेत्र पनि यतिबेला ग्राहकले भरिभराउ देखिन्छ। इन्द्रचोकदेखि जमलसम्मै फैलेको असन बजारका मुख्य पसलमात्र हैन, फुटपाथ पनि व्यापार गर्ने र किनमेल गर्नेको भीड अहिले देख्न सकिन्छ। जसले गर्दा बाटो छिचोल्न उत्तिकै मुश्किल हुन्छ। कपडा, जुत्ता पसलमा ग्राहक झुम्मिरहेका देखिन्छन्। असनसँगै दशैँको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell