PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दशैंमा उमंगको उडान : चांगुनारायणमा चंगा चेट

दशैंमा उमंगको उडान : चांगुनारायणमा चंगा चेट

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : देशलाई दशैंको उमंगले छोपेको छ। यो पर्वको आगमनसँगै चंगाले पनि बेग्ले उमंग बोकेर आउँछ। हुन त अरु बेला पनि चंगा उडिइन्छ तर पनि दशैंको घटस्थापनादेखि नै विशेषगरी बालबालिकाहरु चंगाको उडानसँगै आफ्न खुसीहरु छर्न चाहन्छन्। दशैं र चंगाले बेग्लै अर्थ बोक्छ यो समय बालबालिकाका लागि।

विविध रंगमा उडेका चंगा देख्दा लाग्छ- उनीहरुको खुसी पनि इन्द्रेणी जस्तै मुस्कुराइरहेको छ।

हातमा लट्टाई बोकेर आकाशको असीमित दुरीसम्म चंगा पुर्‍याउन उनीहरु आतुर हुन्छन्। एकापसमा प्रतिस्पर्धा गरेर उडिरहेका चंगा जुधाएर 'चेट' बनाउँदा भने उनीहरुको खुसी दोब्बर हुन पुग्छ।

उनीहरु रमाएको देख्दा दाजुदिदी, बुवाआमा वा हजुरबा-हजुरआमाको मन पनि साँच्चिकै चंगा भएको हुँदो हो। त्यही भएर हुन सक्छ, कोही त उत्साहित हुँदै उनीहरुसँगै रमाउन पुगिहाल्छन्।

भक्तपुरको चांगुनारायणमा पनि बालबालिकाहरु चंगा उडाउँदै रमाइलो गरिरहेको भेटिए। वर्षापछि आकाश खुलेसँगै उनीहरु चंगा उडाउन डाँडामा पुगे र, एकअर्काको चंगा चेट पार्ने प्रतिस्पर्धामा जुटेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell