PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

छठपूजाका लागि यसरी चिटिक्क पारिँदै गौरीघाट - गुहेश्वरी

छठपूजाका लागि यसरी चिटिक्क पारिँदै गौरीघाट - गुहेश्वरी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सूर्यको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि काठमाडौंको गौरीघाट सिँगारिएको छ। आस्थाको महापर्व मानिएको छठको तयारीका लागि गौरीघाटदेखि गुहेश्वरीसम्मै वाग्मती वारपार सरसफाइ गरी चिटिक्क बनाइएको छ।

पूजास्थलमा वारपारका लागि बाँसको पुल हालिएको छ। पूजास्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन्। पूजास्थलमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गर्नाका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न पण्डाल पनि निर्माण गरिएको छ। गौरीघाटमा सूर्य भगवान्को प्रतिमालगायत विभिन्न देवीदेवताको प्रतिमाको निर्माण भइरहेको छ। गौरीघाटमा सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, विभिन्न झाँकीको प्रस्तुति रहने आयोजकले जनाएको छ।

यस पर्वको प्रारम्भ शुक्रवार बर्तालुहरुले ‘नहाय–खाय’ विधिबाट सुरु गरेका छन्। छठ पर्व कात्तिक १३ गते आइतवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई सोमवार उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गर्ने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell