PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

गुन्डुमा तिहारका लागि तयार भए मखमली

गुन्डुमा तिहारका लागि तयार भए मखमली

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर सूर्यविनायकभन्दा दक्षिणको स्थान गुन्डुमा तिहारको माहोल देखिन्छ। मखमली फूलका लागि उपत्यकामै चिनिएको ठाउँ हो यो। यहाँ मखमली फूल ढकमक्क फूलेपछि तिहार नजिकिएको संकेत मिल्छ।

अझ फूल टिप्न थालेपछिको माहोल झनै बेग्लै। तिहार नजिकिएकाले फूल टिप्न यहाँका किसानलाई भ्याइनभ्याई छ। टिप्नेले माला बनाउनेसम्म फूल पुर्‍याउने र फूल जम्मा पारेर माला गाँस्ने गरिन्छ।

तिहार नजिकिएसँगै फूलको माग उच्च हुन्छ। अझ नओइलाउने मखमलीको फूलको महत्व धार्मिक रुपमा पनि उत्तिकै छ। अहिले गुन्डुका घरहरुमा तिहारको लागि मखमली फूल उनिरहेको दृश्य देन्छ सकिन्छ।

फूल फूलाएपछि बजारको कठिनाइ छैन। गाडी लिएरै गुन्डु पुग्छन् व्यापारीहरु। तिहारको बेला फूलको माग बढी हुने हुने भएकाले परिवारका सबैजना यही पेशामा जोडिन्छन्। त्यतिले नभ्याएदेखि खेताला नै चाहिन्छ फूल टिप्न र माला गाँस्न।



ट्रेन्डिङ पोस्ट

Ncell