PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

आज जागा हुने भगवान् विष्णुको आराधाना गर्न चाँगुनारायणमा भक्तजनहरुको भीड

आज जागा हुने भगवान् विष्णुको आराधाना गर्न चाँगुनारायणमा भक्तजनहरुको भीड

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनहरुको भीड लागेको छ। भक्तपुरको चाँगुनारायणसहित उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो।

आज भगवान् विष्णुको पूजाआजा तथा आराधना गर्न बिहानैदेखि नारायण मन्दिरहरुमा भक्तजनको घुइँचो लाग्ने गर्छ।

असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीमा क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ।

उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको जनाइएको छ। यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ। चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।



ट्रेन्डिङ पोस्ट

Ncell