PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

दिदीबहिनी नहुनेले रानीपोखरीमा यसरी साटे खुसी, टीका लगाउन आउनेको बिहानैबाट भिड

दिदीबहिनी नहुनेले रानीपोखरीमा यसरी साटे खुसी, टीका लगाउन आउनेको बिहानैबाट भिड

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज भाइटीका। दिदीबहिनी भएकाले साइत पारेर टीका लगाउँदैछन्। दिदीबहिनीहरुले आफ्नो दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदैछन्।

आज भाइटीकाका दिन धेरैजना रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउन पुगिरहेका छन्। दिदीभाई नहुनेहरुले यहाँ पुगेर टीका लगाउने गर्छन्। बिहानैदेखि रानीपोखरीमा टीका थाप्नेको भिड छ।

अघिल्लो वर्षहरुमा झैं यहाँ तीन ठाउँमा टीका लगाउन शुरु भयो। टीका लगाउन आएकाहरुले पनि टीका लगाइदिनेलाई टीका लगाए, उपहार साटासाट गरी खुसी साटे।



ट्रेन्डिङ पोस्ट

Ncell