PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • घुमन्ते जीवनशैली धान्न भक्तपुर आए राउटेहरु, बेच्दैछन् आफ्नैले बनाएका काठका सामाग्री

    घुमन्ते जीवनशैली धान्न भक्तपुर आए राउटेहरु, बेच्दैछन् आफ्नैले बनाएका काठका सामाग्री

    काठमाडौं : घुमन्ते जातिमा पर्छन् राउटेहरु। ‘जंगलका राजा’ भनेर आफैलाई चिनाउने यो समुदाय नेपालको अन्तिम घुमन्ते जाति हो भन्दा फरक पर्दैन। प्राय: जंगलमा बास गर्ने यो समुदाय पछिल्लो समय शहर पनि आउजाउ गर्न थालेका छन्। कहिले सरकारसँग सहयोग माग्न त कहिले आफ्नो जीविकोपार्जन धान्न। यही राउटे समुदायका केही पुरुषहरु केहीदिनयता भक्तपुरमा छन्।जीवननिर्वाहका लागि उनीहरु आफूले बनाएका सामाग्रीहरु बिक्री गर्न भक्तपुर पुगेका…

    विस्तृतमा पढ्नुस्

  • वीर अस्पताल बाहिरका फार्मेसी पसलमाथि महानगरले चलायो डोजर

    वीर अस्पताल बाहिरका फार्मेसी पसलमाथि महानगरले चलायो डोजर

    काठमाडौं : काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका पसलहरुमाथि डोजर चलाएको छ। अनधिकृत रुपमा बनाइएका सटरहरु हटाउन सूचना दिए पनि नहटाएको भन्दै महानगरले आज डोजर चलाएको हो।  डोजर चलाइएका पसलहरुमा फार्मेसीहरु संचालनमा थिए। महानगरले डोजर ल्याएपछि औषधि व्यवसाय गर्दै आएकाहरुले हतारहतार आफ्ना सामान निकालेका थिए।

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनले जलाए राष्ट्रपतिको पुतला

    सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनले जलाए राष्ट्रपतिको पुतला

    काठमाडौं : सत्तारुढ चार दलका भातृ संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन्। नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै संयुक्त विद्यार्थी संघले प्रदर्शनीमार्गमा  प्रदर्शन गरेको हुन्। आरआर क्याम्पस परिसरबाटै भण्डारीको तस्विर राखेर पुतला जलाउँदै विद्यार्थीहरु सडकमा ओर्लिएका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको थियो। भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानमाथि कू गरेको भन्दै उनीहरुले नाराबाजी पनि गरेका थिए। राष्ट्रपति भण्डारीले नागरिकता…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा संविधान जलाएपछि प्रहरीले गर्‍यो हस्तक्षेप, प्रदर्शनकारी पक्राउ

    माइतीघरमा संविधान जलाएपछि प्रहरीले गर्‍यो हस्तक्षेप, प्रदर्शनकारी पक्राउ

    काठमाडौं : आज आठौं संविधान दिवस। विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि आज देशभर यो दिवस मनाइँदैछ।  यसबिच राजधानीमा भने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ।  माइतिघरमा संविधान जलाएर उनीहरुले विरोध जनाएका हुन्। संघीय गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै उनीहरुले 'कालो संविधान' भन्दै  नारा लगाएका थिए। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।  प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्न खोज्दा दुवै पक्षबिच घम्साघम्सी परेको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा रमणीय गोसाइकुण्ड : धार्मिक र पर्यटकीय यात्राको संगमस्थल

     दृश्यमा रमणीय गोसाइकुण्ड : धार्मिक र पर्यटकीय यात्राको संगमस्थल

    काठमाडौं : रसुवालाई कुण्डै-कुण्डको जिल्ला भनिन्छ। यहाँ १०८ वटा कुण्ड रहेको छ। यी मध्ये गोसाइकुण्ड धार्मिक तथा पर्यटकीय हिसावले चर्चित छ। समुद्रट्ठ सतहबाट ४ हजार ३८० मिटर उचाईमा रहेको गोसाइकुण्डलाई त्रिशुली नदीको उद्गमस्थलका रुपमा समेत लिने गरिन्छ। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको गोसाइकुण्डलाई रामसार क्षेत्रमा पनि समावेश गरिएको छ।   जनैपूर्णिमाका दिन यहाँ ठूलो मेला लाग्ने गर्छ। शिवकुण्ड भनेर समेत भनिने…

    विस्तृतमा पढ्नुस्

  • टुकुचा खोज्दै हात्तीसार पुग्यो महानगर, अन्डरग्राउन्डमा उत्खनन्

    टुकुचा खोज्दै हात्तीसार पुग्यो महानगर, अन्डरग्राउन्डमा उत्खनन्

    काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचा खोला खुलाउने अभियानलाई तीब्रता दिएको छ। जय नेपाल हलको कम्पाउन्डमा सुरुङ मार्ग हुँदै बगिरहेको टुकुचा खोला फेला पारेको महानगरले अरु क्षेत्रमा पनि उत्खनन् गर्न सुरु गरेको हो। हात्तीसारमा रहेको लक्ष्मी बैंकको अन्डरग्राउन्ड पार्किङ उत्खनन् गर्न महानगरले डोजर चलाएको हो। अन्डरग्राउन्ड मुनी खोला बगिरहेको अनुमानमा महानगरले त्यहाँ कारवाही गरेको हो। यस्तै, महानगरले सो क्षेत्रमा रहेको अनधिकृत…

    विस्तृतमा पढ्नुस्

  • पदयात्राले केहीसमय ट्राफिक जाम : बिचबाटैमा रोकिन बाध्य भए यात्रु

    पदयात्राले केहीसमय ट्राफिक जाम : बिचबाटैमा रोकिन बाध्य भए यात्रु

    काठमाडौं : शनिबार एकाबिहानै काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्कियो। संविधान दिवसको अवसरमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको पदयात्रामा सयौं मानिस सहभागी भए। पदयात्राका कारण बिहानै काठमाडौंको केही स्थानको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्यो। विशेषगरी पदयात्रा संचालन भएको रुटमा केहीसमय ट्राफिक जाम भयो। विशेषगरी शहिदगेटदेखि न्यूरोड गेटसम्म पदयात्राका कारण जाम बढेको थियो। जसकारण गन्तव्यमा हिँडेका मानिसहरु बिचबाटैमा रोकिन बाध्य भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • एमालेको पदयात्रा : अघिअघि ओली, चुच्चे नक्सा र राष्ट्रिय झण्डा बोक्दै पछिपछि नेता कार्यकर्ता

    एमालेको पदयात्रा : अघिअघि ओली, चुच्चे नक्सा र राष्ट्रिय झण्डा बोक्दै पछिपछि नेता कार्यकर्ता

    काठमाडौं : नेकपा एमालेले आज बृहत पदयात्रा आयोजना गरेको छ। संविधान दिवसको अवसरमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले पदयात्रा आयोजना गरेको हो।  शनिवार बिहानै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेला भएर एमाले नेता कार्यकर्ताहरु पदयात्रामा सहभागी भएका छन्। लैनचौर, मैतिदेवी, कालिमाटी, कुपन्डोल र नयाँ बानेश्वरबाट भेला भएर उनीहरु वसन्तपुर पुगेका थिए। पदयात्राको अगुवाइ एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।नेता…

    विस्तृतमा पढ्नुस्

  • जय नेपाल हलको परिसर खोतल्दा फेला पर्‍यो टुकुचा खोला

    जय नेपाल हलको परिसर खोतल्दा फेला पर्‍यो टुकुचा खोला

    काठमाडौं : नागपोखरी मार्गस्थित जय नेपाल हलको परिसरमा टुकुचा खोलाको बहाब फेला परेको छ। काठमाडौं महानगरपालिकाले बिहीवार हलको परिसरमा खोतल्दा खोला फेला परेको हो। महानगरले बिहीवार डोजर लगाएर हलको परिसरमा खोतलेको थियो। काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले शहरका अवैध संरचना भत्काउने अभियान नै चलाएका छन्। पार्किङको लागि स्वीकृति लिएर व्यवसाय संचालन गरिरहेका भवनमा महानगरले डोजर चलाइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा इन्द्रजात्रा : नगर परिक्रमा गर्न निस्किए पुलुकिसि, खुवाइयो धान सेकाइयो आगो

    भक्तपुरमा इन्द्रजात्रा : नगर परिक्रमा गर्न निस्किए पुलुकिसि, खुवाइयो धान सेकाइयो आगो

    भक्तपुर : नालाको चित्तपोलबाट ल्याइ द्वादशीका दिन हनुमानढोकामा ठड्याइएको य:सिं आज राति ढालिएसँगै काठमाडौंमा यँया: अर्थात् इन्द्रजात्रा सम्पन्न हुनेछ। भक्तपुरमा पनि आजै इन्द्रजात्रा सम्पन्न भएको छ। द्वादशीका दिन हनुमानढोकामा य:सिं ठ्डयाएसँगै काठमाडौंमा इन्द्रजात्रा सुरु भएजस्तै भक्तपुरमा भने सोही दिन इन्द्रका छोरा जयन्तको प्रतीकको रूपमा २१ स्थान (सूर्यमढी, वंशगोपाल, तेखापुखु, इताछें लगायतका क्षेत्र) मा यम्बा:द्य: ठड्याएसँगै इन्द्रजात्रा सुरु हुने परम्परा रहेको…

    विस्तृतमा पढ्नुस्

  • नेतालाई भेट्दै चिनियाँ पाहुना, जनतालाई भने जामको सास्ती

    नेतालाई भेट्दै चिनियाँ पाहुना, जनतालाई भने जामको सास्ती

    काठमाडौं : चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु नेपाल भ्रमणमा छन्। लिको सवारीका कारण आज उपत्यकाको आवागमन प्रभावित छ। आज बिहान ९ बजे रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो। त्यस्तै, साढे ११ बजेतिर तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइपुगे चिनियाँ जनकंग्रेसका अध्यक्ष लि

    नेपाल आइपुगे चिनियाँ जनकंग्रेसका अध्यक्ष लि

    काठमाडौं : चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष नेपाल आइपुगेका छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अध्यक्ष लि चान्शु सोमवार नेपाल आइपुगेका हुन्। लिलाई सभामुख सापकोटाले त्रिभुवन विमानस्थलमा स्वागत गरे। अध्यक्ष लि र सभामुख सापकोटाबिच सोमवार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने बताइएको छ। सभामुखले लिको सम्मानमा आज साँझ भोज आयोजना गर्ने कार्यक्रम तय भएको छ। नेपालमा रहँदा लिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधवार र…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा : विरेन्द्रभक्तले निरन्तरता दिए लोप हुन लागेको पर्वलाई

    मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा : विरेन्द्रभक्तले निरन्तरता दिए लोप हुन लागेको पर्वलाई

    भक्तपुर : मध्यपुर थिमिमा जिब्रो छेड्ने (मेय् प्वा: खनेगु) जात्रा सम्पन्न भएको छ। यँया: पुन्ही (इन्द्रजात्राको चौथो दिन) हरेक वर्ष थिमिमा जिब्रो छेड्ने परम्परा रहेको छ। मध्यपुर थिमिको कोलाखु टोल निवासी ३५ वर्षीय विरेन्द्रभक्त गुजु श्रेष्ठले यसपटक जिब्रो छेडाएका छन्। दिगु टोलस्थित भैरव मन्दिरअगाडिको डबलीमा जिब्रो छेडिएको हो। थिमिकै बोडेमा भने हरेक वर्ष नयाँ वर्षको भोलिपल्ट जिब्रो छेड्ने गरिन्छ। यता, मध्यपुर थिमिमा भने…

    विस्तृतमा पढ्नुस्

  • भारी वर्षापछि जलमग्न बन्यो माइतीघर, उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    भारी वर्षापछि जलमग्न बन्यो माइतीघर, उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो दुई घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। भारी वर्षाका कारण उपत्यकाका विभिन्न स्थानहरु जलमग्न भएका छन्।  माइतीघर क्षेत्र पनि पूर्णरुपमा डुबानमा परेको छ। माइतीघर जलमग्न हुँदा सिंहदरबार जाने सडक र भद्रकाली जाने सडक पनि डुबानमा परेको छ।  डुबानका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको छ। ट्राफिक प्रहरीहरुलाई सवारीसाधन व्यवस्थापन गर्न हम्मेहम्मे भएको…

    विस्तृतमा पढ्नुस्

  • कागे अष्टमीको अवसरमा कागेश्वरीमा मेला, भक्तजनको भिड

    कागे अष्टमीको अवसरमा कागेश्वरीमा मेला, भक्तजनको भिड

    काठमाडौं : प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ। यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन्। यसै अवसरमा कागेश्वरीमा हरियो…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा देउडा गीत र नृत्य गरी यसरी मनाइयो गौरा पर्व

    टुँडिखेलमा देउडा गीत र नृत्य गरी यसरी मनाइयो गौरा पर्व

    काठमाडौं : सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा पर्व मनाउँदैछन्। भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ। गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानी काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयमा रथ तान्दै इन्द्रजात्रा : लाखे बनेर विद्यार्थीले नृत्य देखाए, निकाले पुलुकिसी

    विद्यालयमा रथ तान्दै इन्द्रजात्रा : लाखे बनेर विद्यार्थीले नृत्य देखाए, निकाले पुलुकिसी

    काठमाडौं : यँया: (इन्द्रजात्रा) आउन अब एक हप्तामात्र बाँकी छ। ८ दिन लामो इन्द्रजात्रामा काठमाडौं रम्ने गर्छ। यसबिच आज नक्सालस्थति वृहस्पती विद्या सदनमा इन्द्रजात्रा मनाइएको छ। विद्यालयको प्राङ्गणमा सांकेतिक रुपमा कुमारीको रथ तानेर इन्द्रजात्रा मनाइएको हो। त्यसक्रममा विद्यार्थीहरुले धिमे भुस्या बजाउँदै विद्यार्थीहरुले रथ तानेका थिए। यस्तै, विद्यार्थीहरुले नै मजिपा लाखे आजु, पुलुकिसी, सवभक्कु बनेर नृत्य पेस गरेका थिए। विद्यार्थीहरुले नेवारी…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो माइतीघरमा मिटर ब्याजविरुद्ध किसान-मजदुर संघर्ष समितिको प्रदर्शन

    यस्तो देखियो माइतीघरमा मिटर ब्याजविरुद्ध किसान-मजदुर संघर्ष समितिको प्रदर्शन

    काठमाडौं : मिटर ब्याज तथा ठगीविरुद्ध किसानहरुले प्रदर्शन गरेका छन्। मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले आज माइतीघरमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले देशैभरका मिटर ब्याज, दृष्टिबन्धक र छिनुवा पासबाट पीडित जनताको उद्धारका लागि सरकारले अधिकार सम्पन्न उच्चस्तरिय समिति गठन गर्नुपर्ने माग गरेका छन्। प्रदर्शनकारीहरुले ‘दृष्टि बन्धक खारेज गर’, ‘छिनुवा पास फिर्ता गर’, ‘जाली तमसुक मान्दैनौँ’ जस्ता नारा लगाएका…

    विस्तृतमा पढ्नुस्

  • आईसीसी विश्वकप ट्रफी भक्तपुरमा प्रदर्शन, लाखे नाचसहित गराइयो नगर परिक्रमा

    आईसीसी विश्वकप ट्रफी भक्तपुरमा प्रदर्शन, लाखे नाचसहित गराइयो नगर परिक्रमा

    काठमाडौं : आईसीसी विश्वकप ट्रफी आज भक्तपुरमा प्रदर्शन गरिएको छ। अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको हो। आज भक्तपुरमा सांस्कृति बाजा र लाखे नृत्यसहित नगर परिक्रमा गराइएको ट्रफीलाई भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने छ। सगरमाथाको फेदमा रहेको गोक्यो तालमा ट्रफी प्रदर्शनी गरिने नेपाल क्रिकेट संघले जनाएको छ। आज भक्तपुरमा भएको ट्रफी प्रदर्शनीमा महिला…

    विस्तृतमा पढ्नुस्

  • तीजको अवसरमा शिवालयमा बिहानैबाट भीड : यस्तो देखियो भक्तपुरको डोलेश्वर परिसर

    तीजको अवसरमा शिवालयमा बिहानैबाट भीड : यस्तो देखियो भक्तपुरको डोलेश्वर परिसर

    काठमाडौं : भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा आज देशभरका शिवालयमा भीड लागेको छ। आज व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। यही पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ। तीजको अवसरमा डोलेश्वर मन्दिर परिसरमा देखिएको दृश्य :

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell