PahiloPost

Oct 7, 2022 | २१ असोज २०७९

सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनले जलाए राष्ट्रपतिको पुतला

सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनले जलाए राष्ट्रपतिको पुतला

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सत्तारुढ चार दलका भातृ संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन्। नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै संयुक्त विद्यार्थी संघले प्रदर्शनीमार्गमा  प्रदर्शन गरेको हुन्।

आरआर क्याम्पस परिसरबाटै भण्डारीको तस्विर राखेर पुतला जलाउँदै विद्यार्थीहरु सडकमा ओर्लिएका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको थियो।

भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानमाथि कू गरेको भन्दै उनीहरुले नाराबाजी पनि गरेका थिए।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनको आलोचना भइरहेको छ। सत्तारुढ गठबन्धनले राष्ट्रपतिको उक्त कदमले संविधानमाथि नै प्रहार भएको निर्ष्कर्ष निकालेको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रपतिको कदमको आलोचना गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell