PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेतालाई भेट्दै चिनियाँ पाहुना, जनतालाई भने जामको सास्ती

नेतालाई भेट्दै चिनियाँ पाहुना, जनतालाई भने जामको सास्ती

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु नेपाल भ्रमणमा छन्। लिको सवारीका कारण आज उपत्यकाको आवागमन प्रभावित छ।

आज बिहान ९ बजे रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो।

त्यस्तै, साढे ११ बजेतिर तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित भएको छ।

यसैगरी, दिउँसो साढे ३ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ। दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुनेछ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। लिको आगमनमा हिजो पनि राजधानीका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित बनेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell