PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

यस्तो देखियो माइतीघरमा मिटर ब्याजविरुद्ध किसान-मजदुर संघर्ष समितिको प्रदर्शन

यस्तो देखियो माइतीघरमा मिटर ब्याजविरुद्ध किसान-मजदुर संघर्ष समितिको प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मिटर ब्याज तथा ठगीविरुद्ध किसानहरुले प्रदर्शन गरेका छन्। मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले आज माइतीघरमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले देशैभरका मिटर ब्याज, दृष्टिबन्धक र छिनुवा पासबाट पीडित जनताको उद्धारका लागि सरकारले अधिकार सम्पन्न उच्चस्तरिय समिति गठन गर्नुपर्ने माग गरेका छन्।

प्रदर्शनकारीहरुले ‘दृष्टि बन्धक खारेज गर’, ‘छिनुवा पास फिर्ता गर’, ‘जाली तमसुक मान्दैनौँ’ जस्ता नारा लगाएका थिए।

त्यस्तै, भूमिहीन बनाइएका किसान-मजदुरको जमिन, ज्यादा लिइएको पैसा फिर्ता गर्नुपर्ने पनि उनीहरुको माग छ।



ट्रेन्डिङ पोस्ट

Ncell