PahiloPost

Dec 21, 2025 | ६ पुष २०८२

भारी वर्षापछि जलमग्न बन्यो माइतीघर, उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

भारी वर्षापछि जलमग्न बन्यो माइतीघर, उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो दुई घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। भारी वर्षाका कारण उपत्यकाका विभिन्न स्थानहरु जलमग्न भएका छन्। 

माइतीघर क्षेत्र पनि पूर्णरुपमा डुबानमा परेको छ। माइतीघर जलमग्न हुँदा सिंहदरबार जाने सडक र भद्रकाली जाने सडक पनि डुबानमा परेको छ। 

डुबानका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको छ। ट्राफिक प्रहरीहरुलाई सवारीसाधन व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ।

ढल निकास नहुँदा भारी वर्षापछि काठमाडौंका विभिन्नस्थान डुबानमा पर्ने गर्छ। वर्षाका कारण अन्यः क्षेत्र पनि जलमग्न भएका छन्। जसकारण उपत्यकाको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त भएको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell