PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

माइतीघरमा संविधान जलाएपछि प्रहरीले गर्‍यो हस्तक्षेप, प्रदर्शनकारी पक्राउ

माइतीघरमा संविधान जलाएपछि प्रहरीले गर्‍यो हस्तक्षेप, प्रदर्शनकारी पक्राउ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज आठौं संविधान दिवस। विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि आज देशभर यो दिवस मनाइँदैछ। 

यसबिच राजधानीमा भने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ। 

माइतिघरमा संविधान जलाएर उनीहरुले विरोध जनाएका हुन्। संघीय गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै उनीहरुले 'कालो संविधान' भन्दै  नारा लगाएका थिए। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। 

प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्न खोज्दा दुवै पक्षबिच घम्साघम्सी परेको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell