PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • मिटर ब्याज तथा ठगीविरुद्ध माइतीघरमा किसानहरुले गरे प्रदर्शन

    मिटर ब्याज तथा ठगीविरुद्ध माइतीघरमा किसानहरुले गरे प्रदर्शन

    काठमाडौं : मिटर ब्याज तथा ठगीविरुद्ध किसानहरुले प्रदर्शन गरेका छन्। मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले आज माइतीघरमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले देशैभरका मिटर ब्याज, दृष्टिबन्धक र छिनुवा पासबाट पीडित जनताको उद्धारका लागि सरकारले अधिकार सम्पन्न उच्चस्तरिय समिति गठन गर्नुपर्ने माग गरेका छन्। त्यस्तै, भूमिहीन बनाइएका किसान-मजदुरको जमिन, ज्यादा लिइएको पैसा फिर्ता गर्नुपर्ने पनि उनीहरुको माग छ।

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको नाग पोखरीमा यसरी गरियो दूध अभिषेक

    भक्तपुरको नाग पोखरीमा यसरी गरियो दूध अभिषेक

    काठमाडौं : आज देशभर नाग पञ्चमी मनाइँदैछ। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिएको छ। यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। नाग पञ्चमीको अवसरमा भक्तपुरस्थित नाग पोखरीमा बिहानैदेखि भक्तजनहरु दर्शन गर्न पुगेका थिए। पोखरीको मध्यभागमा रहेको नागको मूर्तिलाई दूधले अभिषेक गराइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • युथ कांग्रेसको विरोध प्रदर्शनमा प्रहरीको धरपकड

    युथ कांग्रेसको विरोध प्रदर्शनमा प्रहरीको धरपकड

    काठमाडौं : युथ कांग्रेस नेपालको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ। अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियतविरूद्ध संसद् भवन अगाडि युथ कांग्रेसले गरेको विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेको हो। प्रदर्शन रोक्न रोज्दा प्रहरी र प्रदर्शनकारीहरुबिच घम्साघम्सी भएको थियो। प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई पहुँच दिएर करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा यस्तो देखियो गथांमुग: दहन

    भक्तपुरमा यस्तो देखियो गथांमुग: दहन

    काठमाडौं : काठमाडौं उपत्यकाका नेवार समुदायले आज गथांमुग: दहन गरेका छन्। किसानहरुले रोपाई गर्न शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने गरेको र अहिलेको समयलाई धान रोपेर किसानहरु आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुग: दहन गरिएको बताइन्छ। कसैले भने गथांमुगःलाई घण्टाकर्ण पनि भन्ने गर्छन्। तर, गथांमुगः र घण्टाकर्ण दुई बेग्लै पात्र रहेकाले गथांमुग:लाई घण्टाकर्णसँग जोड्न नुहने कतिपयको मत…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनापछि सल्लाघारी सडक छेउका जोखिमपूर्ण रुख काट्न थालियो

    दुर्घटनापछि सल्लाघारी सडक छेउका जोखिमपूर्ण रुख काट्न थालियो

    काठमाडौं : आइतवार भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा मानिसको मृत्य भएपछि सडक छेउमा भएका जोखिमपूर्ण रुखहरु काट्न थालिएको छ। सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले सोमवार सडक छेउका रुखहरु काटेको हो। सोमवार सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई च्याप्दा तीन…

    विस्तृतमा पढ्नुस्

  • साउनको पहिलो सोमवार सुन्दरीजलमा बोलबम यात्री, हेर्नुस् फोटोमा

    साउनको पहिलो सोमवार सुन्दरीजलमा बोलबम यात्री, हेर्नुस् फोटोमा

    भक्तजनहरु शिवलाई शुद्ध जल चढाउन साउन पहिलो सोमवार सुन्दरीजल पुगेका छन्। सुन्दरीजलको जल कसैले पैदल हिँडेर त कसैले गाडीमा चढेर शिव मन्दिरमा चढाउँछन्। साउन महिनाभर सोमवार शिवको पूजाअर्चना गरिन्छ।

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो साउन, असन-इन्द्रचोकमा यसपटक फस्टाउँला चुरापोतेको व्यापार ?

    सुरु भयो साउन, असन-इन्द्रचोकमा यसपटक फस्टाउँला चुरापोतेको व्यापार ?

    काठमाडौं : साउन महिना सुरु भएसँगै बजारमा हरियो पहिरन र चुरापोते किन्न पुग्नेको संख्या बढ्दो छ। असन-इन्द्रचोक क्षेत्रमा साउनभर चुरापोते किन्न पुग्छन् महिलाहरु। भगवान शिवको आराधना गरि यो महिनाभर महिलाहरु ब्रत बस्दै हरियो, रातो चुराका साथै मेहन्दी लगाउने गर्छन्। साउने सोमवारमा भने शिवालयमा ठूलै भिड लाग्ने गर्छ। करिब ३ वर्ष कोरोना भाइरस संक्रमणका कारण साउनमा राम्रो व्यापार हुन सकेको थिएन।…

    विस्तृतमा पढ्नुस्

  • फुटपाथमा पैदलयात्रीलाई सास्ती : व्यापारीले यसरी मिच्छन् बाटो

    फुटपाथमा पैदलयात्रीलाई सास्ती : व्यापारीले यसरी मिच्छन् बाटो

    राजधानीका सडकमा पैदलयात्रीको चाप हुन्छ नै। जहाँ पैदलयात्रीको चाप हुन्छ त्यहाँका फुटपाथमा व्यापारी पनि ग्राहक पर्खाँदै पसल थापिरहेका हुन्छन्। सवारीको चाप उस्तै, यात्रुको भीड अनि फुटपाथ पसल। कहिलेकही त राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन्। फुटपाथमै जाम। नगर प्रहरीले सडकमा व्यापार गर्दा खेदाए पनि प्रहरी फर्केपछि व्यापारी फुटपाथमै फर्कन्छन्। सडकमा झोला बोकेर, सिक्रि, लकेट र पालिसलगायत श्रृंगारको सामान बोकेर बेच्नेको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर दरबार स्वाक्वायरमा चिनियाँ नेता लिउको टोली

    भक्तपुर दरबार स्वाक्वायरमा चिनियाँ नेता लिउको टोली

    काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज भक्तपुर क्षेत्रको अवलोकन गरेका छन्। जियानचाओ आज भक्तपुर दरबार स्वाक्वायर लगायतका स्थानमा अवलोकनका लागि पुगेका थिए। सो क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायत उपस्थित थिए। चार दिने भ्रमणका लागि चिनियाँ टोली आइतवार काठमाडौं आइपुगेको हो। लिउको टोलीले राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • बेहाल त्रिचन्द्र कलेज जीर्णोद्वारको पर्खाइमा, लाग्यो नारा : शिक्षा मन्त्रालय कहाँ हरायो ?

    बेहाल त्रिचन्द्र कलेज जीर्णोद्वारको पर्खाइमा, लाग्यो नारा : शिक्षा मन्त्रालय कहाँ हरायो ?

    काठमाडौं : त्रिचन्द्र कलेजको भवन परिसरको संरक्षण र जीर्णोद्वारको माग गर्दै सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेका छन्। २०७२ सालको भूकम्पपछि जीर्ण बनेको उक्त खण्ड पुनर्निर्माणमा सरोकारवालाले कुनै ध्यान नदिएको भन्दै विद्यार्थीहरु केहीदिन अघि पनि प्रदर्शन गरेका थिए। संरक्षणको अभावमा घण्टाघर र उक्त क्षेत्रमा रहेका भवनहरु जीर्ण बनेका छन्। २०७२ साल बैशाख १२ गतेको भूकम्पले…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री शर्माविरुद्ध युवा संघको प्रदर्शन : ‘सेतो जुँगा कालो मन, सीसीटीभी फुटेज गायब गर्ने को हो भन्!’

    अर्थमन्त्री शर्माविरुद्ध युवा संघको प्रदर्शन : ‘सेतो जुँगा कालो मन, सीसीटीभी फुटेज गायब गर्ने को हो भन्!’

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै काठमाडौंमा प्रर्दशन भएको छ। राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको हनुमानथानमा प्रर्दशन गरेको हो। उनीहरुले ‘सेतो जुँगा कालो मन, सीसीटीभी फुटाउने मै हुँ भन’ लगायतका विभिन्न नारा लगाउँदै प्रर्दशन गरेका थिए। आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको प्रश्न उठेपछि उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणको फुटेज मागेको थियो। तर, अर्थ मन्त्रालयले…

    विस्तृतमा पढ्नुस्

  • भूमाफियासँग लडेर बचाइएको बोडेको कमलपोखरी, जहाँ फूलेको फूल तलेजुलाई चढाइन्छ

    भूमाफियासँग लडेर बचाइएको बोडेको कमलपोखरी, जहाँ फूलेको फूल तलेजुलाई चढाइन्छ

    भक्तपुर : बोडेमा रहेको सांस्कृति महत्वको पलेस्वाँ पुखु (कमलपोखरी)लाई निजी बनाइ २०४२ सालमा बिक्री गरियो। कान्छी पोडेनीको नाममा पोखरीलाई दर्ता गराइ खरिद बिक्री गरियो। एकपटक होइन पटकपटक। तर, सार्वजनिक पोखरी खरिद बिक्री भए पनि कसैले उपभोग गर्न भने सकेका थिएनन्। स्थानीयले आफ्नो संस्कृतिसँग जोडिएको उक्त पोखरी बचाउन भूमाफियाविरुद्ध प्रतिकार गरिरहे। पोखरी पुर्न प्रयास गर्न आउनेहरुलाई स्थानीयले लखेटे पनि।  पोखरी संरक्षणका…

    विस्तृतमा पढ्नुस्

  • न्यातपोल मन्दिरको वर्षबन्धन, भक्तपुरमा फहराइयो झण्डा

    न्यातपोल मन्दिरको वर्षबन्धन, भक्तपुरमा फहराइयो झण्डा

    भक्तपुर : भक्तपुरको टौमढीस्थित न्यातपोल(ङातापोल) मन्दिरमा वर्षबन्धन पूरा गरी झण्डोत्तलन गरिएको छ। नेपाल संवत् ८ सय २२ मा आजकै दिन निर्माण सम्पन्न भएको मन्दिरमा सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झण्डा फहराइएको हो। स्थानीय भाषामा यसलाई ‘भूषादान’ भनिन्छ। मन्दिर निर्माण कार्य पूरा भएर गजुर हालेको स्मरणमा हरेक वर्ष यसरी झण्डा फहराउने गरिन्छ। मन्दिरको पहिलो तल्लाबाट चढ्दै पाँचौ तल्लासम्म पुगेर…

    विस्तृतमा पढ्नुस्

  • मेसिनबाट धान रोपे ओलीले, सिरुटार रोपाइँ महोत्सवमा 'हो हो माले हो हो'

    मेसिनबाट धान रोपे ओलीले, सिरुटार रोपाइँ महोत्सवमा 'हो हो माले हो हो'

    भक्तपुर : राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धान रोपाइँ गरेका छन्।  भक्तपुरको सिरुटारमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको रोपाइँ महोत्सवमा ओलीले मेसिनबाट धान रोपेका हुन्। श्रीमती राधिका शाक्यसँगै उनले मेसिनबाट खेतमा धान रोपेका हुन्। ओलीले धान रोपाइँ गरेपछि महोत्सवमा सहभागीहरुले पनि धान रोपेका थिए। असारे भाका गाउँदै महासंघ सदस्यहरुले धान रोपाइँ गरेका थिए।  

    विस्तृतमा पढ्नुस्

  • बृहस्पति विद्या सदनका बालबालिकाहरुले लगाए कोरोनाविरुद्धको खोप

    बृहस्पति विद्या सदनका बालबालिकाहरुले लगाए कोरोनाविरुद्धको खोप

    काठमाडौं : आजबाट ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाउन सुरु गरिएको छ। असार १५ गतेसम्म काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ। देशभर ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ। बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन्। खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२…

    विस्तृतमा पढ्नुस्

  • सकियो नवदुर्गा नाच, ब्रम्हायणीमा मध्यरातमा जलाइँदै ख्वा:पा

    सकियो नवदुर्गा नाच, ब्रम्हायणीमा मध्यरातमा जलाइँदै ख्वा:पा

    भक्तपुरः आज भलभल अष्टमी। भक्तपुरमा विधिवत् रुपमा नवदुर्गा नाच सम्पन्न हुँदैछ। नवदुर्गा देवगणहरुले लगाउने देवदेवीहरुको ख्वाःपा (मुकुन्डो) आज मध्यरातमा ब्रम्हायणीमा लगेर जलाएपछि यो नाच सकिन्छ। नवदुर्गा नाचका लागि प्रत्येक वर्ष ख्वाःपा बनाउने गरिन्छ। पढ्नुस : देवता बनाउने मान्छेको कथा : नवदुर्गाको ख्वापा बनाउने अन्तिम चित्रकारलाई थाहा छैन - उनले नसक्दा के हुन्छ? मंगलबार दिउँसो भक्तपुरको नवदुर्गा मन्दिरमा विधिवत् पूजासँगै बहास्…

    विस्तृतमा पढ्नुस्

  • मूल्यवृद्धिविरुद्ध उत्रिएका विद्यार्थीमाथि अश्रुग्यास, प्रदर्शनकारीले फुटाए प्रहरीको गाडी

    मूल्यवृद्धिविरुद्ध उत्रिएका विद्यार्थीमाथि अश्रुग्यास, प्रदर्शनकारीले फुटाए प्रहरीको गाडी

    काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबिच विरोध प्रदर्शनका क्रममा झडप भएको हो। नेपाल आयल निगमले गए रातिबाट पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। उनीहरुले अहिले साँझ घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका थिए। उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग,…

    विस्तृतमा पढ्नुस्

  • म पनि मतदाता! नाम लेखाउन र परिचयपत्रका लागि फोटो खिचाउनेको भिड

    म पनि मतदाता! नाम लेखाउन र परिचयपत्रका लागि फोटो खिचाउनेको भिड

    काठमाडौं : निर्वाचन आयोगले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरेर मतदाता नामावाली संकलन गरिरहेको छ। असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम संचालन भएको हो। मतदाता नामावली दर्ता गराउन अनामनगरस्थित निर्वाचन आयोगको काठमाडौं जिल्ला कार्यालयमा भिड लागेको छ। बिहानैदेखि उमेर पुगेका नागरिकहरु मतदाता परिचयपत्र बनाउन पुगिरहेका छन्। यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन २०७३ बमोजिम योग्यता…

    विस्तृतमा पढ्नुस्

  • चटारो रोपाईको, दृश्यमा चाँगुनारायणको माहोल

    चटारो रोपाईको, दृश्यमा चाँगुनारायणको माहोल

    असार लागेसँगै रोपाईको चटारो शुरु भएको छ। शहरदेखि गाउँसम्म धान खेतहरुमा रोपहार, बाउसे र हलीलाई भ्याइनभ्याई छ। यसपटक मनसुन पनि चाँडै भित्रिएकाले रोपाईको चटारो परेको किसानहरु बताउँछन्। भक्तपुरको उत्तरी भेगमा पनि यसरी नै रोपाई शुरु भएको छ। भक्तपुस्थित चाँगुनारायण नगरपालिकाको चाँगुनारयण क्षेत्रमा बुधवार भएको रोपाईको दृश्य :  

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा नागरिकताविहीनको आवाज : कहिलेसम्म अनागरिक?

    माइतीघरमा नागरिकताविहीनको आवाज : कहिलेसम्म अनागरिक?

    काठमाडौं : नागरिकता पाउनुपर्ने माग गर्दै राजधानीको माइतीघरमा धर्ना दिइएको छ। लुम्बिनी प्रदेशका नागरिकता बिहीन व्यक्तिहरुले  नागरिकताको माग गर्दै धर्ना गरेका हुन्।  नागरिकता बिहीन नागरिक संघर्ष समितिको आयोजना भएको धर्नामा नागरिकता नभएर गुमाउनु परेको सेवा सुविधानको क्षतिपूर्ति पाउनुपर्ने माग समेत गरेका छन्। नागरिकता विधेयक हाल संसदमा विचारधीन छ। उक्त विधेयकलाई छिटोभन्दा छिटो प्रक्रियामा लगेर पारित गराउन पनि उनीहरुले माग गरेका छन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell