PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

युथ कांग्रेसको विरोध प्रदर्शनमा प्रहरीको धरपकड

युथ कांग्रेसको विरोध प्रदर्शनमा प्रहरीको धरपकड

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : युथ कांग्रेस नेपालको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ। अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियतविरूद्ध संसद् भवन अगाडि युथ कांग्रेसले गरेको विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेको हो।

प्रदर्शन रोक्न रोज्दा प्रहरी र प्रदर्शनकारीहरुबिच घम्साघम्सी भएको थियो। प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई पहुँच दिएर करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले शर्मालाई सफाइ दिएसँगै सरकारले उनलाई पुनः अर्थमन्त्रीका रुपमा नियुक्त गर्नु लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास भएको युथ कांग्रेसको ठम्याइ छ।

राजनीतिक दलबिचको राजनीतिक स्वार्थको बन्दी अर्थतन्त्र बने त्यसको मूल्य आम नागरिकले चुकाउनु पर्ने युथ कांग्रेसले बताएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell