PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन

    एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन

    काठमाडौं : संसद भवन बानेश्वर बाहिर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले विरोध प्रदर्शन गरेको छ। एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको थियो। संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहँदा बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए। गठबन्धनको प्रदर्शनलाई मध्यनजर गर्दै आज बिहानदेखि नै बानेश्वरको सुरक्षा व्यवस्था कडा पारिएको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशन : खोलियो बन्द पानी ट्याङ्की, सभागृहमा यसरी हुँदैछ मतगणना

    कांग्रेस महाधिवेशन : खोलियो बन्द पानी ट्याङ्की, सभागृहमा यसरी हुँदैछ मतगणना

    काठमाडौं : नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ। राति साढे ९ बजे सकिएको निर्वाचनको मतगणना साढे ११ बजे सुरु भएको हो। मतदानमा मतपेटिकाका रुपमा प्रयोग भएका तीनवटा पानी ट्याङकीलाई तीन छुट्टाछुट्टै स्थानमा राखेर मतगणना भइरहेको छ। मतगणनाको परिणाम बुधवार बिहानसम्म आउने निर्वाचन समितिले जनाएको छ। सम्बन्धित समाचार : बन्द पानी ट्याङ्कीमा देउवा र शेखरको…

    विस्तृतमा पढ्नुस्

  • बन्द पानी ट्याङ्कीमा देउवा र शेखरको भविष्य!

    बन्द पानी ट्याङ्कीमा देउवा र शेखरको भविष्य!

    काठमाडौं : नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ। सोमबार मध्यरातसम्म भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलवार शेरबहादुर देउवा र शेखर कोइरालाबिच दोस्रो चरणको प्रतिस्पर्धा भएको हो। दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदान राति साढे ९ बजे सकिएको हो। ६ घण्टा चलेको निर्वाचनमा ४५६२ मत खसेको छ। पहिलो चरणको मतदानमा…

    विस्तृतमा पढ्नुस्

  • संसद भवनबाहिर एमसीसीको विरोध गर्दै पुगेको समूह र प्रहरीबिच झडप

    संसद भवनबाहिर एमसीसीको विरोध गर्दै पुगेको समूह र प्रहरीबिच झडप

    काठमाडौं : अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध  संसद् भवन बानेश्वर बाहिर प्रदर्शनमा उत्रेकाहरुलाई हटाउन प्रहरीले लाठीचार्ज गरेको छ। एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी तथा दुई क्रान्तिकारी मोर्चाले संयुक्त रुपमा प्रदर्शन गरेको हो। संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरुलाई रोकेको थियो। प्रदर्शनकारीहरुले ढुंगामुढा गर्न सुरु गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो। त्यसक्रममा केही प्रदर्शनकारी घाइते भए। प्रहरीले प्रदर्शनमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशन : सभागृहमा यसरी हुँदैछ मनोनयन दर्ता

    कांग्रेस महाधिवेशन : सभागृहमा यसरी हुँदैछ मनोनयन दर्ता

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ता भइरहेको छ। राष्ट्रिय सभागृहमा पुगेर पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षी नेताहरुले मनोनयन दर्ता गराउने क्रम सुरु भइसकेको छ। यस्तै, उम्मेदवार र तिनका समर्थक प्रचारप्रसारमा व्यस्त छन्। यो महाधिवेशनबाट एकजना सभापति, दुईजना उपसभापति, दुईजना महमन्त्री, ८ जना सहमहामन्त्री र १२१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। केन्द्रीय सदस्यमध्ये एकजनालाई कोषाध्यक्षमा निर्वाचित गरिनेछ।…

    विस्तृतमा पढ्नुस्

  • सभागृहको दृश्य : पानी ट्यांकीलाई यसरी बनाइँदैछ मतपेटिका

    सभागृहको दृश्य : पानी ट्यांकीलाई यसरी बनाइँदैछ मतपेटिका

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ। मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय बनाइएको छ। आकांक्षी नेताहरु सभागृहमा पुगेर मनोनयन दर्ता गराउने क्रम सुरु भइसकेको छ। यस्तै, उम्मेदवार र तिनका समर्थक प्रचार प्रसारमा व्यस्त छन्। यसबिच, सभागृहको चौर भने हरियो पानीको ट्‍यांकीले भरिएको छ। मंसिर २७ गते हुने निर्वाचनका लागि ट्यांकीलाई मतपटेकीको…

    विस्तृतमा पढ्नुस्

  • भृकुटीमण्डपको दृश्य : पर्चा बाँड्दै मत माग्दै उम्मेदवार

    भृकुटीमण्डपको दृश्य : पर्चा बाँड्दै मत माग्दै उम्मेदवार

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन अहिले भृकुटीमण्डपमा हुँदैछ। अहिले महाधिवेशनमा सहभागी हुन हजारौंको संख्यामा मानिसहरु उद्घाटनस्थल पुगिरहेका छन्। भृकुटीमण्डप प्रवेश गर्ने गेट देखि नै पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षीहरुका समर्थकहरुले मत मागिरहेका छन्। गगन थापा, प्रकाशमान सिंह, उद्दव शमशेर, शेखर कोइराला लगायतका समर्थकले कांग्रेस प्रतिनिधिसँग मत मागिरहेका छन्। यस्तै, केन्द्रीय सदस्यका उम्मेदवारहरु आफै पर्चा बाँड्न व्यस्त देखिन्छन्। आकांक्षीहरुले…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनस्थलको दृश्य : कांग्रेसको झण्डा र रुख छाप मास्क खोसाखोस

    महाधिवेशनस्थलको दृश्य : कांग्रेसको झण्डा र रुख छाप मास्क खोसाखोस

    काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु महाधिवेशनस्थल पुगिरहेका छन्। कोरोना भाइरस संक्रमणको त्रासबिच भइरहेको महाधिवेशनमा पुगेकाहरुलाई नि:शुल्क मास्क वितरण गरिँदैछ। कांग्रेसको झण्डा र रुख छाप मास्क वितरण गरिँदैछ। मास्क वितरण भइरहँदा धेरै संख्यामा मानिसहरु मास्क लिन पुगेका थिए। त्यसक्रममा मास्क खोसाखोस भएको छ। मास्क वितरण गर्न बसेकाहरुलाई भिड नियन्त्रण…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा जता हेर्‍यो त्यतै सुरक्षाकर्मी

    कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा जता हेर्‍यो त्यतै सुरक्षाकर्मी

    काठमाडौं : नेपाली कांग्रेको १४ महाधिवेशको उद्घाटन अबको केही घण्टामा नै हुँदैछ। महाधिवेशन हुने स्थान काठमाडौंको प्रर्दशनीमार्ग स्थित भृकुटीमण्डवमा सबै तयारी पुरा भएको नेपाली कांग्रेसले जानकारी दिएको छ। त्यस्तै नेपाल प्रहरीले पनि महाधिवेशनलाई सुरक्षित बनाउन सबै तयारी गरिसकेको छ। बिहानै देखि सयौं सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी महाधिवेशनस्थलमा खटाइएको छ। महाधिवेशन अवधिभर १० हजारभन्दाबढी…

    विस्तृतमा पढ्नुस्

  • बुंगमतीबाट पाटनको त:बहा: फर्किए रातो मछिन्द्रनाथ

    बुंगमतीबाट पाटनको त:बहा: फर्किए रातो मछिन्द्रनाथ

    काठमाडौं : करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई बुंगमतीबाट पाटनको त: बहा: (मछिन्द्रबहाल) मा ल्याइएको छ। पानेजुहरुले करुणामयलाई खटमा राखेर बुंगमतीबाट बोक्दै मछिन्द्रबहाल पुर्‍याएका हुन्। रातो मछिन्द्रनाथलाई पाटनको तःबहामा ६ महिना र बुंगमतीमा ६ महिना राख्ने गरिन्छ। रातो मछिन्द्रनाथलाई बुंगमतीबाट त: बहा:मा ल्याइँदै गर्दा बुंगमतीकी जीवित देवी कुमारी समेत उपस्थित थिइन् भने गुरुजुको पल्टनले सलामी दिएको थियो। कोरोना संक्रमणका कारण दुई…

    विस्तृतमा पढ्नुस्

  • भृकुटीमण्डपको दृश्य : चिया पसलमा प्रकाशमान, पोलपोलमा विमलेन्द्रको ब्यानर

    भृकुटीमण्डपको दृश्य : चिया पसलमा प्रकाशमान, पोलपोलमा विमलेन्द्रको ब्यानर

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलिबाट सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटन सत्रका लागि अहिले तयारी अन्तिम चरणमा पुगेको छ। भृकुटीमण्डप क्षेत्रमा ४०० जना अट्ने स्टेज निर्माण कार्य भइरहेको छ। यस्तै महाधिवेशनस्थल कांग्रेसको झण्डा र चुनाव चिह्नले सजिएको छ। महाधिवेशन हुने क्षेत्रमा रहेका चिया पसलदेखि रुखमा पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरुको ब्यानर राखिएको छ। संस्थापन पक्षबाट सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशनको उद्घाटनसत्रका लागि भृकुटीमण्डपमा यसरी बन्दैछ मञ्च

    कांग्रेस महाधिवेशनको उद्घाटनसत्रका लागि भृकुटीमण्डपमा यसरी बन्दैछ मञ्च

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन संघारमा छ। अहिले कांग्रेस नेता कार्यकर्ताको ध्यान नेतृत्व चयनका लागि हुने यही महाधिवेशनमा छ। मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनको उद्घाटनसत्र भृकुटीमण्डपमा हुनेछ। उद्घाटनसत्रलाई भव्य बनाउन अहिले भृकुटीमण्डप क्षेत्रलाई सजाउन काम भइरहेको छ। साथै, मञ्च बनाउन समेत सुरु भइसकेको छ। भृकुटीमण्डपको बिच भागमा मञ्च बनाउन कामदारहरु खटिएका छन्। महाधिवेशनस्थलमा नेपाली कांग्रेसको चार तारे…

    विस्तृतमा पढ्नुस्

  • इन्टर्नशीपको माग गर्दै चीनबाट एमबीबीएस सकाएका विद्यार्थी, माइतीघरमा नारा : माफियागिरी चल्दैन

    इन्टर्नशीपको माग गर्दै चीनबाट एमबीबीएस सकाएका विद्यार्थी, माइतीघरमा नारा : माफियागिरी चल्दैन

    काठमाडौं : चीनमा एमबीबीएसको अध्ययन गरी हाल नेपालमा रहेका विद्यार्थीहरुले इन्टर्नशीपको माग गर्दै माइघर मण्डल क्षेत्रमा प्रवेश गरेका छन्। सन् २०१५ र १०१६ ब्याचका विद्यार्थीहरुले कोरोना महामारीबिच अनलाइन माध्यमबाट पूरा भएको सैद्धान्तिक पढाई मान्य हुनुपर्ने र नेपालमै इन्टर्नशीप गर्ने अवसर दिनुपर्ने माग राख्दै आएका छन्‍। केही दिनअघि उनीहरुले नेपाल मेडिकल काउन्सिल परिसरमा पनि धर्ना दिएका थिए। कोरोना महामारी बिच नेपाल…

    विस्तृतमा पढ्नुस्

  • ३७ वर्षपछि मन्दिर फर्किए लक्ष्मीनारायण, अमेरिकाबाट फर्काइएको मूर्ति पुनर्स्थापना

    ३७ वर्षपछि मन्दिर फर्किए लक्ष्मीनारायण, अमेरिकाबाट फर्काइएको मूर्ति पुनर्स्थापना

    सन् १९८४ मा चोरी भएर अमेरिकाको टेक्सस पुर्‍याइएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्तिलाई आज पहिलेकै मन्दिरमा पुनर्स्थापित गरिएको छ। ललितपुरको पट्को टोलमा आज बाजागाजा र पूजाअर्चनासहित मन्दिर पुनर्स्थापना गरिएको हो।  गएको चैत्र अन्तिम साता लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट नेपाल फर्काइएको थियो। वैशाख पहिलो साता अमेरिकी दूतावासका प्रतिनिधिले मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए।  सन् १९९० देखि अमेरिकाको डल्लास म्युसियअम अफ…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा महाधिवेशनस्थलको दृश्य : मनोनयन दर्ता गराउँदै, प्रतिनिधिसँग मत माग्दै उम्मेदवार

    राप्रपा महाधिवेशनस्थलको दृश्य : मनोनयन दर्ता गराउँदै, प्रतिनिधिसँग मत माग्दै उम्मेदवार

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा बनाइएको मनोनयन दर्ता स्थल पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्। राजेन्द्र लिङ्देनले अभिनेत्री एवम् राप्रपा महामन्त्री पदकी आकांक्षी रेखा थापासँगै पुगेर मनोनयन दर्ता गराएका हुन्। उनीहरुले मनोनयन दर्ता गराएपछि कमल थापाले मनोनयन दर्ता गराएका थिए। अहिले दुवैको प्यानलबाट पदाधिकारी पदका आकांक्षीहरुले मनोनयन…

    विस्तृतमा पढ्नुस्

  • न्याय मार्च : अदालतलाई 'इन्साफ'खोज्दै नाटक मञ्चन

    न्याय मार्च : अदालतलाई 'इन्साफ'खोज्दै नाटक मञ्चन

    काठमाडौं : नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास निकालेको छ। नागरिक समाजसहित विभिन्न संघसंस्थाको सहभागितामा 'न्याय मार्च' निकालिएको हो। प्रहरीले बालुवाटारसम्म जान नदिएपछि बारको प्रदर्शन भाटभटेनी नजिकै पिपलबोटमा रोकिएको थियो। त्यही नै बारका पदाधिकारीहरुले मार्चपासलाई सम्बोधन गरेका थिए। त्यसक्रममा रंगकर्मीहरुले अदालतमा न्याय हराएको थिममा नाटक मञ्चन समेत गरेका थिए। सडक नाटकमा…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा प्रतिगमन भयो भन्दै 'न्याय मार्च', बारको नारा : हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं

    सर्वोच्चमा प्रतिगमन भयो भन्दै 'न्याय मार्च',  बारको नारा : हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं

    काठमाडौं : नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतदेखि प्रधानमन्त्री तथा प्रधान न्यायाधीशको निवास बालुवाटारसम्म मार्चपास निकालेको छ। नागरिक समाजसहित विभिन्न संघसंस्थाको सहभागितामा 'न्याय मार्च' निकालिएको हो। चार सातादेखि बारले प्रधान न्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा आन्दोलन गरिरहेको छ। त्यस क्रममा बार र प्रहरीबिच धेरैपटक घम्साघम्‍सी भएको थियो। बारले प्रधान न्यायाधीशले बिचौलिया प्रयोग गर्दै बारमाथि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै उच्च अदालत पाटनमा बारको धर्ना

    प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै उच्च अदालत पाटनमा बारको धर्ना

    काठमाडौं : नेपाल बार एशोसिएशनले आज देशभरका उच्च अदालतमा इजलास बहिष्कार गरेको छ। प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बारले करिब चार सातादेखि सर्वोच्च केन्द्रित प्रदर्शन गरिरहेको छ। आन्दोलनको कार्यक्रम अन्तर्गत आज बारले देशभरका उच्च अदालतमा इजलास बहिष्कार गर्दै धर्ना दिएको हो। ललितपुरस्थित पाटन उच्च अदालतमा बार पदाधिकारी सहित वरिष्ठ अधिवक्ता, अधिवक्ताहरुले आज विरोध प्रदर्शन गरे। सर्वोच्चमा धर्ना पछि उच्च अदालत…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी र वकिलबिच सर्वोच्च परिसरमा घम्साघम्सी

    प्रहरी र वकिलबिच सर्वोच्च परिसरमा घम्साघम्सी

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार पनि नेपाल बार एशोसिएशसनले विरोध प्रदर्शन गरेको छ। सर्वोच्च परिसरमा उपस्थित भएर विरोध जनाइएको हो। कात्तिक १२ गतेदेखि बारले प्रधानन्यायाधीशविरुद्ध निरुन्तर रुपमा प्रदर्शन गर्दै आएको छ। राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बारले बताउँदै आएको छ।  बारले चौथो चरणको आन्दोलन अन्तर्गत आइतबार पनि प्रदर्शन गरेको हो। यसअघिका आन्दोदनमा बल प्रयोग भएको भन्दै आज देशभरका अदालतमा बहस…

    विस्तृतमा पढ्नुस्

  • सकिमना पुन्हीमा हलिमलिले सजियो भक्तपुर

    सकिमना पुन्हीमा हलिमलिले सजियो भक्तपुर

    काठमाडौं : आज सकिमना (सकिमिला) पुन्ही। नेपाल संवतको पहिलो पूर्णिमा। ऋतुअनुसारको उत्पादनलाई चाडपर्वमा रुपान्तरण गर्दै मनाउने नेवार समुदायले सकिमना पुन्ही मनाए। सकिमना पुन्ही विशेष गरेर नेवार समुदायमा रहेको भजन खलः, दाफा भजन खलःहरूले विशेष पर्वका रूपमा मनाउँछन्। आजको दिन गत कोजाग्रत पूर्णिमाको दिन सुरु गरेको एकमहिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनका रूपमा पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell