PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

संसद भवनबाहिर एमसीसीको विरोध गर्दै पुगेको समूह र प्रहरीबिच झडप

संसद भवनबाहिर एमसीसीको विरोध गर्दै पुगेको समूह र प्रहरीबिच झडप

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध  संसद् भवन बानेश्वर बाहिर प्रदर्शनमा उत्रेकाहरुलाई हटाउन प्रहरीले लाठीचार्ज गरेको छ।

एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी तथा दुई क्रान्तिकारी मोर्चाले संयुक्त रुपमा प्रदर्शन गरेको हो। संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरुलाई रोकेको थियो। प्रदर्शनकारीहरुले ढुंगामुढा गर्न सुरु गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो। त्यसक्रममा केही प्रदर्शनकारी घाइते भए।

प्रहरीले प्रदर्शनमा उत्रेका केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ।

आजबाट संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। संसदबाट एमसीसी पारित गर्न हुन्न भन्दै मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, सीपी मैनाली नेतृत्वको नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीसहितका विभिन्न घटकहरुले विरोध गर्दै आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell