PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

३७ वर्षपछि मन्दिर फर्किए लक्ष्मीनारायण, अमेरिकाबाट फर्काइएको मूर्ति पुनर्स्थापना

३७ वर्षपछि मन्दिर फर्किए लक्ष्मीनारायण, अमेरिकाबाट फर्काइएको मूर्ति पुनर्स्थापना

रोजन श्रेष्ठ/पहिलोपोस्ट


सन् १९८४ मा चोरी भएर अमेरिकाको टेक्सस पुर्‍याइएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्तिलाई आज पहिलेकै मन्दिरमा पुनर्स्थापित गरिएको छ। ललितपुरको पट्को टोलमा आज बाजागाजा र पूजाअर्चनासहित मन्दिर पुनर्स्थापना गरिएको हो। 

गएको चैत्र अन्तिम साता लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट नेपाल फर्काइएको थियो। वैशाख पहिलो साता अमेरिकी दूतावासका प्रतिनिधिले मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए। 

सन् १९९० देखि अमेरिकाको डल्लास म्युसियअम अफ आर्ट्समा थियो यो मूर्ति। अमेरिकी राजदूतावास, अमेरिकी सरकार, नेपाल सरकार, डल्लास म्युजियम, पुरातत्व विभागलगायतको संयुक्त प्रयासमा मूर्ति फर्काइएको थियो। गत फागुनमा अमेरिका स्थित नेपाली दूतावासमा मूर्ति हस्तान्तरण गरिएको थियो। 

फेडरल ब्युरो अफ इन्भेस्टिगेशनका सहायक निर्देशक टिमोटी एम डनह्यामले ललितपुरबाट चोरी भइ अमेरिका पुगेको मूर्ति राजदूत युवराज खतिवडालाई हस्तान्तरण गरेका थिए।

आज ललिपुर महानगरपालिका, पट्को टोल सुधार समिति, नेपाल हेरिटेज रिकभरी क्यम्पेन लगायतको सक्रियतामा मूर्ति पुनर्स्थापना गरिएको हो। हेर्नुस् पुनर्स्थापनाको दृश्यहरु :

 



ट्रेन्डिङ पोस्ट

Ncell