PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा जता हेर्‍यो त्यतै सुरक्षाकर्मी

कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा जता हेर्‍यो त्यतै सुरक्षाकर्मी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेको १४ महाधिवेशको उद्घाटन अबको केही घण्टामा नै हुँदैछ। महाधिवेशन हुने स्थान काठमाडौंको प्रर्दशनीमार्ग स्थित भृकुटीमण्डवमा सबै तयारी पुरा भएको नेपाली कांग्रेसले जानकारी दिएको छ।

त्यस्तै नेपाल प्रहरीले पनि महाधिवेशनलाई सुरक्षित बनाउन सबै तयारी गरिसकेको छ। बिहानै देखि सयौं सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी महाधिवेशनस्थलमा खटाइएको छ। महाधिवेशन अवधिभर १० हजारभन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

उद्घाटनसत्र हुने स्थानमा प्रवेश कडाइ गरिएको छ। साथै, भृकुटीमण्डप पुग्ने सडकमा समेत प्रहरीको बाक्लो उपस्थिति रहेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell