PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन

एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : संसद भवन बानेश्वर बाहिर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले विरोध प्रदर्शन गरेको छ।

एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको थियो। संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहँदा बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए।

गठबन्धनको प्रदर्शनलाई मध्यनजर गर्दै आज बिहानदेखि नै बानेश्वरको सुरक्षा व्यवस्था कडा पारिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell