PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

सकिमना पुन्हीमा हलिमलिले सजियो भक्तपुर

सकिमना पुन्हीमा हलिमलिले सजियो भक्तपुर

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज सकिमना (सकिमिला) पुन्ही। नेपाल संवतको पहिलो पूर्णिमा। ऋतुअनुसारको उत्पादनलाई चाडपर्वमा रुपान्तरण गर्दै मनाउने नेवार समुदायले सकिमना पुन्ही मनाए।

सकिमना पुन्ही विशेष गरेर नेवार समुदायमा रहेको भजन खलः, दाफा भजन खलःहरूले विशेष पर्वका रूपमा मनाउँछन्।

आजको दिन गत कोजाग्रत पूर्णिमाको दिन सुरु गरेको एकमहिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनका रूपमा पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ र ताय)बाट विभिन्न आकृति (हलिमलि) बनाउने तथा त्यसैलाई प्रसादका रूपमा बाँडेर खाने प्रचलन छ।

काठमाडौं, भक्तपुर र ललितपुरको विभिन्न स्थानमा आज हलिमलि बनाइएको थियो।

भक्तपुरमा हलिमलि बनाएर सकिमना पुन्ही मनाइएको दृश्यहरु :



ट्रेन्डिङ पोस्ट

Ncell