PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रहरी र वकिलबिच सर्वोच्च परिसरमा घम्साघम्सी

प्रहरी र वकिलबिच सर्वोच्च परिसरमा घम्साघम्सी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार पनि नेपाल बार एशोसिएशसनले विरोध प्रदर्शन गरेको छ। सर्वोच्च परिसरमा उपस्थित भएर विरोध जनाइएको हो। कात्तिक १२ गतेदेखि बारले प्रधानन्यायाधीशविरुद्ध निरुन्तर रुपमा प्रदर्शन गर्दै आएको छ। राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बारले बताउँदै आएको छ। 

बारले चौथो चरणको आन्दोलन अन्तर्गत आइतबार पनि प्रदर्शन गरेको हो। यसअघिका आन्दोदनमा बल प्रयोग भएको भन्दै आज देशभरका अदालतमा बहस नगर्ने निर्णय बारले शुक्रबार नै गरेको थियो। 

आइतबारको प्रदर्शनमा पनि प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी भएको छ। 

तस्विरमा बारको प्रदर्शन
 



ट्रेन्डिङ पोस्ट

Ncell