PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

भृकुटीमण्डपको दृश्य : चिया पसलमा प्रकाशमान, पोलपोलमा विमलेन्द्रको ब्यानर

भृकुटीमण्डपको दृश्य : चिया पसलमा प्रकाशमान, पोलपोलमा विमलेन्द्रको ब्यानर

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलिबाट सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटन सत्रका लागि अहिले तयारी अन्तिम चरणमा पुगेको छ। भृकुटीमण्डप क्षेत्रमा ४०० जना अट्ने स्टेज निर्माण कार्य भइरहेको छ। यस्तै महाधिवेशनस्थल कांग्रेसको झण्डा र चुनाव चिह्नले सजिएको छ।

महाधिवेशन हुने क्षेत्रमा रहेका चिया पसलदेखि रुखमा पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरुको ब्यानर राखिएको छ।

संस्थापन पक्षबाट सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा फेरि प्रतिस्पर्धा गर्ने निश्चित छ। उनलाई विमलेन्द्र निधि र कल्याण गुरुङले टक्कर दिने पनि घोषणा गरिसकेका छन्। महधिवेशन संघारमा हुँदा गुरुङ ओझेलमा देखिएका छन्। निधिले भने मत माग्न सुरु गरेको महिनौं भयो। उम्मेदवारी घोषणा फिर्ता लिनसक्ने हल्ला बिच भृकुटीमण्डप क्षेत्रका पोलमा निधिले आफू किन सभापतिमा उम्मेदवार बनेको उल्लेख गरेर ब्यानर राख्न सुरु गरिसकेका छन्।

संस्थापन इतार समुहले भने साझा उम्मेदवार तय गर्न सकेको छैन।

प्रकाशमान सिंहले आफू सभापतिको होडबाट पछि नहट्ने बताइसकेका छन्। प्रकाशमानको तस्विर राखेर अहिले भृकुटीमण्डपको चिया पसलदेखि पोलहरुमा ब्यानर राखिएका छन्। संस्थानपन इतरबाट रामचन्द्र पौडेल र शेखर कोइरालाले पनि सभापतिमा दाबी गरिरहेका छन्।

भृकुटीमण्डप त सजिएकै छ राजधानीका मुख्य सडकमा रहेका आकाशे पुल समेत महाधिवेशनमय भएका छन्। आकाशे पुल कांग्रेसको महाधिवेशनका ब्यानरले सजिएका छन्।

विभिन्न सडकमा स्वागत गेटहरु बनाइएका छन्। कांग्रेको महाधिवेशनमा उम्मेदरवरको आंकांक्षीहरुको लर्को छ यतिखेर। त्यसैले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षीहरुको फ्लेक्स प्रिन्ट गर्दै आफ्नो उपस्थिति देखाइरहेका छन् महाधिवेशन स्थलतिर। 



ट्रेन्डिङ पोस्ट

Ncell