PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कांग्रेस महाधिवेशन : खोलियो बन्द पानी ट्याङ्की, सभागृहमा यसरी हुँदैछ मतगणना

कांग्रेस महाधिवेशन : खोलियो बन्द पानी ट्याङ्की, सभागृहमा यसरी हुँदैछ मतगणना

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ। राति साढे ९ बजे सकिएको निर्वाचनको मतगणना साढे ११ बजे सुरु भएको हो।

मतदानमा मतपेटिकाका रुपमा प्रयोग भएका तीनवटा पानी ट्याङकीलाई तीन छुट्टाछुट्टै स्थानमा राखेर मतगणना भइरहेको छ। मतगणनाको परिणाम बुधवार बिहानसम्म आउने निर्वाचन समितिले जनाएको छ।

सम्बन्धित समाचार : बन्द पानी ट्याङ्कीमा देउवा र शेखरको भविष्य!

सोमबार मध्यरातसम्म भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलवार शेरबहादुर देउवा र शेखर कोइरालाबिच दोस्रो चरणको प्रतिस्पर्धा भएको हो।

मंगलवार दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदान राति साढे ९ बजे सकिएको हो। ३ घण्टा चलेको निर्वाचनमा ४५६२ मत खसेको छ। पहिलो चरणको मतदानमा ४६७९ मत खसेको थियो। पहिलो चरणमा भन्दो ११५ मत कम खसेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell