PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बन्द पानी ट्याङ्कीमा देउवा र शेखरको भविष्य!

बन्द पानी ट्याङ्कीमा देउवा र शेखरको भविष्य!

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ। सोमबार मध्यरातसम्म भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलवार शेरबहादुर देउवा र शेखर कोइरालाबिच दोस्रो चरणको प्रतिस्पर्धा भएको हो।

दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदान राति साढे ९ बजे सकिएको हो। ६ घण्टा चलेको निर्वाचनमा ४५६२ मत खसेको छ। पहिलो चरणको मतदानमा ४६७९ मत खसेको थियो। पहिलो चरणमा भन्दो ११५ मत कम खसेको हो।

मतदान सकिएसँगै मतपेटिका बनाइएको पानीको ट्याङ्कीलाई प्रहरीले सुरक्षा दिएर मतगणनास्थल लगेको छ।

सभापति पदका लागि भएको निर्वाचनको ३ वटा मतपेटिकालाई प्रहरीले सुरक्षाघेरा दिएर राखेको छ। छलफलपछि आजै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell