PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै उच्च अदालत पाटनमा बारको धर्ना

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै उच्च अदालत पाटनमा बारको धर्ना

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल बार एशोसिएशनले आज देशभरका उच्च अदालतमा इजलास बहिष्कार गरेको छ। प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बारले करिब चार सातादेखि सर्वोच्च केन्द्रित प्रदर्शन गरिरहेको छ।

आन्दोलनको कार्यक्रम अन्तर्गत आज बारले देशभरका उच्च अदालतमा इजलास बहिष्कार गर्दै धर्ना दिएको हो।

ललितपुरस्थित पाटन उच्च अदालतमा बार पदाधिकारी सहित वरिष्ठ अधिवक्ता, अधिवक्ताहरुले आज विरोध प्रदर्शन गरे। सर्वोच्चमा धर्ना पछि उच्च अदालत परिसरमा पुगेका कानुन व्यवासीहरुले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने अडान राख्दै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell