PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

न्याय मार्च : अदालतलाई 'इन्साफ'खोज्दै नाटक मञ्चन

न्याय मार्च : अदालतलाई 'इन्साफ'खोज्दै नाटक मञ्चन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास निकालेको छ। नागरिक समाजसहित विभिन्न संघसंस्थाको सहभागितामा 'न्याय मार्च' निकालिएको हो।

प्रहरीले बालुवाटारसम्म जान नदिएपछि बारको प्रदर्शन भाटभटेनी नजिकै पिपलबोटमा रोकिएको थियो। त्यही नै बारका पदाधिकारीहरुले मार्चपासलाई सम्बोधन गरेका थिए।

त्यसक्रममा रंगकर्मीहरुले अदालतमा न्याय हराएको थिममा नाटक मञ्चन समेत गरेका थिए।

सडक नाटकमा अदालत न्याय सम्पादन गर्न असफल भएको, राजनीति र भागबन्डामा अझ्लेको, नागरिकलाई 'इन्साफ' दिन नसकेको, भ्रष्टाचार बढेको लगायतका समस्याहरु प्रस्तुत गरिएको थियो।

सम्बन्धित समाचार : सर्वोच्चमा प्रतिगमन भयो भन्दै 'न्याय मार्च', बारको नारा : हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं



ट्रेन्डिङ पोस्ट

Ncell