PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

भृकुटीमण्डपको दृश्य : पर्चा बाँड्दै मत माग्दै उम्मेदवार

भृकुटीमण्डपको दृश्य : पर्चा बाँड्दै मत माग्दै उम्मेदवार

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन अहिले भृकुटीमण्डपमा हुँदैछ। अहिले महाधिवेशनमा सहभागी हुन हजारौंको संख्यामा मानिसहरु उद्घाटनस्थल पुगिरहेका छन्।

भृकुटीमण्डप प्रवेश गर्ने गेट देखि नै पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षीहरुका समर्थकहरुले मत मागिरहेका छन्। गगन थापा, प्रकाशमान सिंह, उद्दव शमशेर, शेखर कोइराला लगायतका समर्थकले कांग्रेस प्रतिनिधिसँग मत मागिरहेका छन्। यस्तै, केन्द्रीय सदस्यका उम्मेदवारहरु आफै पर्चा बाँड्न व्यस्त देखिन्छन्।

आकांक्षीहरुले प्रतिनिधि र महाधिवेशनमा सहभागी हुन आइरहेकाहरुलाई पर्चा बाँडिरहेका छन्।

यस्तै, फेरि भृकुटीमण्डपमा प्रचासप्रसारका सामाग्रीहरु राख्न थालिएको छ। प्रहरीले निर्वाचन आचारसंहित भन्दै भृकुटीमण्डपमा राखेको ब्यानरहरु बिहीवार राति हटाएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell