PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इन्टर्नशीपको माग गर्दै चीनबाट एमबीबीएस सकाएका विद्यार्थी, माइतीघरमा नारा : माफियागिरी चल्दैन

इन्टर्नशीपको माग गर्दै चीनबाट एमबीबीएस सकाएका विद्यार्थी, माइतीघरमा नारा : माफियागिरी चल्दैन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : चीनमा एमबीबीएसको अध्ययन गरी हाल नेपालमा रहेका विद्यार्थीहरुले इन्टर्नशीपको माग गर्दै माइघर मण्डल क्षेत्रमा प्रवेश गरेका छन्।

सन् २०१५ र १०१६ ब्याचका विद्यार्थीहरुले कोरोना महामारीबिच अनलाइन माध्यमबाट पूरा भएको सैद्धान्तिक पढाई मान्य हुनुपर्ने र नेपालमै इन्टर्नशीप गर्ने अवसर दिनुपर्ने माग राख्दै आएका छन्‍।

केही दिनअघि उनीहरुले नेपाल मेडिकल काउन्सिल परिसरमा पनि धर्ना दिएका थिए।

कोरोना महामारी बिच नेपाल फर्केका विद्यार्थीहरुको अनलाइन माध्यमबाट सैद्धान्तिक पढाई पूरा भएको थियो। तर नेपाल मेडिकल काउन्सिलले अनलाइन कक्षाको पढाई मान्य नहुने भनेपछि उनीहरु आन्दोलित भएका हुन्।

विश्वभर नै अनलाइन कक्षालाई मान्यता दिइएको अवस्थामा मेडिकल काउन्सिलले विद्यार्थीहरुको भविष्य नै खेलवाड गर्ने निर्णय गर्न नपाउने उनीहरुले बताएका छन्। विगत आठ महिनादेखि नेपालमै इन्टर्नशीप गर्न पाउनुपर्ने भन्दै विभिन्न निकाय उनीहरुले धाइसकेका छन्। आफ्नो माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने उनीहरुको तर्क छ।



ट्रेन्डिङ पोस्ट

Ncell