PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • सिके राउतको पार्टीका कार्यकर्तालाई कारवाहीको माग गर्दै इन्जिनियरहरुको प्रदर्शन

    सिके राउतको पार्टीका कार्यकर्तालाई कारवाहीको माग गर्दै इन्जिनियरहरुको प्रदर्शन

    काठमाडौं : जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहामाथि भएको दुर्व्यवहारविरुद्ध राजधानीमा विरोध प्रदर्शन भएको छ। नेपाल इन्जिनियर्स एशोसिएन, सोसलिस्ट इन्जिनियर एशोसिएसन लगायत इन्जिनियरहरुको संगठनको आयोजनामा इन्जिनियरहरुले दुर्व्यवहार गर्नेहरुमाथि कारवाहीको माग गर्दै र्‍याली निकालेको हो। इन्जिनियरहरुले माइतीघरदेखि बानेश्वरसम्म नारा लगाउँदै प्रदर्शन गरेका हुन्। सिके राउतको जनमत पार्टीका कार्यकर्ताले गत बिहीवार कुशवाहालाई कार्यालयबाटै बन्धक बनाएर उपमहानगरपालिकासम्म हिँडाएका थिए। त्यसक्रममा उनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • सिके राउतको पार्टीले कुशवाहामाथि गरेको दुर्व्यवहारविरुद्ध माइतीघरमा प्रदर्शन

    सिके राउतको पार्टीले कुशवाहामाथि गरेको दुर्व्यवहारविरुद्ध माइतीघरमा प्रदर्शन

    काठमाडौं : जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहामाथि भएको दुर्व्यवहारविरुद्ध राजधानीमा विरोध प्रदर्शन भएको छ। नेपाल इन्जिनियर्स एशोसिएन, वाग्मती प्रदेश र निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको संयुक्त आयोजनामा माइतीघरमा विरोध कार्यक्रम भएको हो। इन्जिनियर र निजामति कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर विरोध गरेका थिए। सिके राउतको जनमत पार्टीका कार्यकर्ताले बिहीवार कुशवाहालाई कार्यालयबाटै बन्धक बनाएर उपमहानगरपालिकासम्म हिँडाएका थिए। त्यसक्रममा…

    विस्तृतमा पढ्नुस्

  • गजुरमाथि देउताको मूर्ति : दृश्यमा कहीँ नभएको हाँडीगाउँ जात्रा

    गजुरमाथि देउताको मूर्ति : दृश्यमा कहीँ नभएको हाँडीगाउँ जात्रा

    काठमाडौँ : नर दे: (हाँडीगाउँ) मा बिहीवार चोकटे नारायण जात्रा मनाइएको छ। 'कहीँ नभएको जात्रा'का रुपमा परिचित हाँडीगाउँको जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट धूमधामका साथ मनाइएको हो। लिच्छवि कालदेखि चलिआएको मानिएको यो जात्रामा नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा भनिएको हो। जात्रामा यस्ता तीन वटा रथ वा खट हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा भक्तपुरको ब्रम्हायणी जात्रा, घस्रिँदै मन्दिर परिक्रमा, शरीरमाथि दियो बालेर पूजा

    तस्विरमा भक्तपुरको ब्रम्हायणी जात्रा, घस्रिँदै मन्दिर परिक्रमा, शरीरमाथि दियो बालेर पूजा

    भक्तपुर : नवदुर्गाको शक्तिपीठका रूपमा लिइने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप विजयादशमीको दिन मेला लागेको छ। विजयादशमीको दिन भक्तपुरको च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा ब्रम्हायणी जात्रामा सहभागी हुन भक्तजनहरु बिहानैदेखि मन्दिर परिसरमा पुगेका छन्। नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खम्ये (राँगो) लाई ब्रह्मायणी मन्दिर पुर्‍याएर वध गरेपछि रातिदेखि नै यहाँ मानिसहरु आउन सुरु भएको हो। वध गरिएको खम्येको एक टुक्रा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको खम्ये जात्रा : महिषासुर रुपी राँगोलाई दौडाउँदै पुर्‍याइयो ब्रम्हायणी

    भक्तपुरको खम्ये जात्रा : महिषासुर रुपी राँगोलाई दौडाउँदै पुर्‍याइयो ब्रम्हायणी

    हरेक वर्ष महानवमीका दिन भक्तपुरमा खम्ये (राँगो) जात्रा को रौनक हुन्छ। नवदुर्गा मन्दिरबाट दानव महिषासुरको रुपमा रहेको 'खम्ये' लाई दौडाएर ब्रम्हायणी लगेर वध गरिन्छ। हरेक वर्ष साँझको समयमा हुने खम्ये जात्रा यसपटक कोरोना संक्रमणलाई मध्यनजर गर्दै दिउँसो खम्येलाई दौडाउँदै ब्रम्हायणी पुर्‍याइयो। नवदुर्गा मन्दिरको ढोकाबाट अबिरले पोतिएको खम्येलाई ब्रह्मपास (विशेष डोरी) बाट बाँधेर बाहिर निकालेर दत्तात्रय, सूर्यमढी, च्यामासिंह हुँदै खम्येलाई ब्रम्हायणी पुर्‍याइएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • लिंगे पिङमा मच्चिँदै चचहुई सरररर……

    लिंगे पिङमा मच्चिँदै चचहुई सरररर……

    काठमाडौं : दशैंका समय एक पटक भए पनि धर्ती छोड्नुपर्छ भन्ने मान्यता रहेको छ। यसको अर्थ धर्ती छोडेर पिङमा मच्चिँदै आनन्द लिनु हो। यही विश्वासले पनि दशैंसँग जोडिएर आउने पिङको महत्व बढी छ। दशैंमा गाउँ घरका दोबाटो, चौरमा रोटेपिङ, लिंगे पिङको 'चचहुइ'ले गाउँ नै गुञ्जायमान हुनेगर्छ। तर, शहर भने सुनसान हुँदै गएको छ। बढ्दो शहरीकरण, प्रविधिको विकास र साघुँरिदो समाजिक…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

    यस्तो देखियो टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

    काठमाडौं : बडादसैँको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास्ट गरेका थिए। सेनाको टोलीले सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुको साथै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ र मार्चपास्टसहितको बढाइँ प्रस्तुत गरेको थियो। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, सांसद, नेपाल सरकारका उच्चपदस्थ…

    विस्तृतमा पढ्नुस्

  • पचिमह्र : जब छोरी कुमारीलाई भेट्न नगर परिक्रमामा निस्किए पचली भैरव

    पचिमह्र : जब छोरी कुमारीलाई भेट्न नगर परिक्रमामा निस्किए पचली भैरव

    काठमाडौं : लिच्छवीकालिन दक्षिणी कोलीग्राम अर्थात काठमाडौंको तल्लो टोलमा सोमवार पचली भैरव (तेप आजु द्य) जात्रा सम्पन्न भयो। टेकु स्थित पचली भैरवको मन्दिरबाट पचली भैरवको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइएको थियो। त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइएको थियो। कुमारी घरमा कुमारी र पचली भैरवलाई एकअर्काका आमनेसामने राखी आँखा जुधाइएको थियो। त्यसलाई स्थानीय भाषामा 'दृष्टि…

    विस्तृतमा पढ्नुस्

  • सल्लाघारीमा छानीछानी खसी बोकादेखि मुस्ताङको भेडाच्याङ्ग्रा

    सल्लाघारीमा छानीछानी खसी बोकादेखि मुस्ताङको भेडाच्याङ्ग्रा

    काठमाडौं : दसैं लागेसँगै उपत्यकामा खसी, बोकादेखि भेडाच्याङ्ग्रा भित्रिन थालेका छन्। शनिवारबाट काठमाडौंका विभिन्न स्थानमा खसी बोका व्यापार पनि बढ्न थालेको छ। भक्तपुरको सल्लाघारी चौरमा बिहीवारबाट मुस्ताङको च्याङ्ग्रादेखि विभिन्न स्थानबाट ल्याइएका खसीबोका बिक्रीका लागि राखिएको छ। यहाँ ल्याइएका च्याङ्ग्रालाई औसतमा ४० हजार रुपैयाँ पर्ने एक व्यापारीले बताए। शुक्रवार र शनिवार थप खसीबोका र च्याङ्ग्रा आइपुग्ने ती व्यापारीले बताए।

    विस्तृतमा पढ्नुस्

  • ठमेलको 'मोना'मा जब एकसाथ ३३ कलाकारले रंग्याए क्यान्भास

    ठमेलको 'मोना'मा जब एकसाथ ३३ कलाकारले रंग्याए क्यान्भास

    काठमाडौं : ठमेलस्थित काठमाडौं गेस्ट हाउसको ड्रिम गार्डेनमा आज ३३ नेपाली कलाकार एकसाथ भेला भए। उद्देश्य थियो – चित्र कोर्नु। म्युजियम अफ नेपाली आर्ट (मोना) ले आयोजन गरेको थियो 'लाइभ पेन्टिङ' गर्ने कार्यक्रम। अभिनेता राजेश हमालले चित्र कोर्दै कार्यक्रमको उद्घाटन गरे। अनि सुरु भयो 'आर्ट फर होप' थिम दिइएको कला महोत्सव। कोरोना भाइरसको संक्रमणले लामो समय कला क्षेत्र र त्यससँग…

    विस्तृतमा पढ्नुस्

  • दशैं आयो तर पाक्दैछ धान, खेतीबारीमा व्यस्त जीवनको दृश्य कथा

    दशैं आयो तर पाक्दैछ धान, खेतीबारीमा व्यस्त जीवनको दृश्य कथा

    आजदेखि दशैं सुरु भएको छ। अन्नबाली भित्र्याइसकेर रमाउने पर्व। तर यी दृश्यहरु हुन्, काभ्रेपलाञ्चोकको बल्थलीको। खेतमा धान पाक्दैछ। यसपाला वर्षा याम लम्बिएर दशैंसम्म तन्किएको छ।  त्यसैले बाली भित्र्याएर रमाइलो गर्न भ्याएका छैनन्। किसानका लागि बाली भित्र्याउनु पहिलो पर्व, त्यसपछि अरु। बनेपा - पनौती - खोपासी हुँदै यहाँ पुग्दा दशैंको रौनक भित्रिँनै बाँकी भएको अनुभूति जो कसैलाई पनि हुने गर्छ। मानिसहरु…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुर ग्राउण्डमा रग्बी : यस्तो देखियो खेलाडीको प्रदर्शन

    मध्यपुर ग्राउण्डमा रग्बी : यस्तो देखियो खेलाडीको प्रदर्शन

    काठमाडौं : रग्बी खेल नेपालमा कमै मात्र प्रख्यात छ। रग्बीको नेपालमा विकास गर्न र खेललाई अझ प्रख्यात बनाउन खेलाडीहरु लागि परिरहेका छन्। यस्तोमा नेपाल रग्बी एसोसियसनले आज अन्तर जिल्ला प्रतियोगिताको आयोजना गरेको छ। ‘वाग्मती रग्बी सेभेनएस अन्तर जिल्ला प्रतियोगिता’ मध्यपुर ग्राउण्ड सानोठिमी भक्तपुरमा भएको हो। प्रतियोगितामा महिलातर्फ मकवानपुर विजयी भएको छ। काठमाडौंलाई हराउँदै मकवानपुर विजयी भएको हो। पुरुषतर्फको फाइनल भने…

    विस्तृतमा पढ्नुस्

  • शरद याममा नगरकोटको बिहानी दृश्य : परपर हिमाल टलल, बस्तीमा कुहिरोको लुकामारी

    शरद याममा नगरकोटको बिहानी दृश्य : परपर हिमाल टलल, बस्तीमा कुहिरोको लुकामारी

    शरद ऋतु लागेसँगै हिमाल खुल्न थालेका छन्। दशैं नजिकिँदै गर्दा भक्तपुरको पर्यटकीय थलो नगरकोटबाट हिमाल देखिन थालेका छन्। बुधवार बिहान यहाँबाट टाढा टाढा रहेका हिमालहरु देखिएका थिए। नजिकका बस्ती भने कुहिरोले ढाकिएको थियो। घाम लाग्न थालेसँगै कुहिरो विस्तारै हट्दै गएको थियो। यहीबेला उपत्यकाबाट सबैभन्दा नजिक पर्ने हिमाल हेर्न पर्यटकहरु नगरकोट पुग्छन्। नगरकोटबाट गणेश, लाङटाङ, गौरी शंकर, ल्होत्से, मकालु र सगरमाथासम्म…

    विस्तृतमा पढ्नुस्

  • पाँच हजार कार्यकर्ता अटाउन एमालेलाई सकस, गोदावरीको सिटी हल हुँदैछ तयार

    पाँच हजार कार्यकर्ता अटाउन एमालेलाई सकस, गोदावरीको सिटी हल हुँदैछ तयार

    काठमाडौं : नेकपा (एमाले)को विधान महाधिवेशनका लागि तीव्र तयारी भइरहेको छ। ललितपुरको गोदावरीमा रहेको सिटी हलमा असोज १५-१७ गतेसम्म हुने विधान महाधिवेशनमा ५ हजार नेता कार्यकर्ताले भाग लिने एमालेले जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उक्त हलको उद्घाटन भएको थियो। काम नसकिँदै हल उद्घाटन भएको भन्दै आलोचना पनि भएको थियो। हल उद्घाटन भएको केही समयपछि नै चुहिन थालेको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरभित्रका विद्यालय पनि खुल्न थाले, कक्षा कोठामा जे देखियो...

    काठमाडौं महानगरभित्रका विद्यालय पनि खुल्न थाले, कक्षा कोठामा जे देखियो...

    काठमाडौं : कोरोना संक्रमणको कारण काठमाडौंमा बन्द भएका विद्यालयहरु खुल्न थालेका छन्। स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुल्न अनुमति दिएपछि प्रकृया पूरा गरेर खुल्न थालेका हुन्। काठमाडौं महानगरपालिका केही विद्यालय मात्रै संचालनमा आएका हुन्। काठमाडौं महानगरपालिका बाहेक अन्य जिल्ला तथा पालिकाहरुमा पनि कतिपय विद्यालयहरु संचालनमा आइसकेका छन् भने केही संचालन गर्ने तयारी रहेको छ। आइतवार टेकुस्थित श्री सरस्वती निकेतन सेकेन्डरी…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुर थिमिमा कांग्रेस नगर अधिवेशन : कुर्सीको आडमा मतदान, प्लास्टिकको ड्रम मतपेटिका

    मध्यपुर थिमिमा कांग्रेस नगर अधिवेशन : कुर्सीको आडमा मतदान, प्लास्टिकको ड्रम मतपेटिका

    काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा मतदान सुरु भएको छ। नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि आज बिहान ८ बजेबाट मतदान सुरु भएको हो। मध्यपुर थिमिमा पनि मतदान जारी रहेको छ। शंखधार चोकस्थित शंखधर पार्टी प्यालेसमा सभापति चुन्न कांग्रेस कार्यकर्ता लामबद्ध छन्। पार्टी प्यालेसको हलमा गोप्य मतदानका लागि कोठाको व्यवस्था नरहेकोले…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा इन्द्रजात्रा : पुलुकिसिलाई नगर परिक्रमा गराइँदै खुवाइयो धान, सेकाइयो आगो

    भक्तपुरमा इन्द्रजात्रा : पुलुकिसिलाई नगर परिक्रमा गराइँदै खुवाइयो धान, सेकाइयो आगो

    भक्तपुर : नालाको चित्तपोलबाट ल्याइ द्वादशीका दिन हनुमानढोकामा ठड्याइएको य:सिं आज राति ढालिएसँगै काठमाडौँमा यँया: अर्थात् इन्द्रजात्रा सम्पन्न हुनेछ। भक्तपुरमा पनि आजै इन्द्रजात्रा सम्पन्न भएको छ। द्वादशीका दिन हनुमानढोकामा य:सिं ठ्डयाएसँगै काठमाडौँमा इन्द्रजात्रा सुरु भएजस्तै भक्तपुरमा भने सोही दिन इन्द्रका छोरा जयन्तको प्रतीकको रूपमा २१ स्थान (सूर्यमढी, वंशगोपाल, तेखापुखु, इताछें लगायतका क्षेत्र) मा यम्बा:द्य: ठड्याएसँगै इन्द्रजात्रा सुरु हुने परम्परा रहेको…

    विस्तृतमा पढ्नुस्

  • महंगियो स्यानिटरी प्याड, 'रातो कर माफ गर' भन्दै सडकमा ओर्लिए युवायुवती

    महंगियो स्यानिटरी प्याड, 'रातो कर माफ गर' भन्दै सडकमा ओर्लिए युवायुवती

    काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य वृद्धि भएपछि युवायुवतीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता समाग्रीमा सरकारले कर वृद्धि गरेपछि विरोध प्रदर्शन गरिएको हो। स्यानिटरी प्याड नि: शुल्क हुनुपर्ने माग गरिरहँदा सरकारले आयातित प्याडहरुमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धी कर लगाएको छ। जसकारण बजारमा आउँदा…

    विस्तृतमा पढ्नुस्

  • बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितद्वारा माइतीघरमा धर्ना

    बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितद्वारा माइतीघरमा धर्ना

    काठमाडौं : बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। बुढीगण्डकी आयोजनाको निर्माण सम्पन्न हुँदा डुबानबाट प्रभावित बनेकाहरुले माइतीघरमा धर्ना दिएका हुन्। विरोध प्रदर्शनमा आएकाहरुले तत्काल आयोजना निर्माण सम्पन्न गर्न माग गरेका छन्। यस्तै, मुआब्जा पाउनुपर्ने स्थानीयहरुलाई तत्काल मुआब्जा वितरण गर्न पनि उनीहरुले माग गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • ‘आदिवासीको खोई पहिचान?’ : बानेश्वरमा बृहत नागरिक आन्दोलनको ‘संविधान संशोधन मार्च’

    ‘आदिवासीको खोई पहिचान?’ : बानेश्वरमा बृहत नागरिक आन्दोलनको ‘संविधान संशोधन मार्च’

    काठमाडौं : बृहत नागरिक आन्दोलनले संविधान संशोधनको माग गर्दै मार्चपास गरेको छ। नागरिक आन्दोलनले आइतवार बानेश्वरमा संविधान संशोधनको माग गर्दै मार्चपास गरेको हो। मार्चपासमा सहभागीहरुले संविधान अधुरो भएको भन्दै विरोध गरेका थिए। उनीहरुले ‘संविधानमाथि सबै बहिष्कृत समुदायको हकदाबी’, ‘तिम्रा लागि नयाँ यो संविधान, हाम्रा लागि सधैँको अपमान’, ‘आदिवासीको खोई पहिचान’ लगायत लेखिएको पर्चा प्रदर्शन गरेका थिए। उनीहरुले संविधानको विरोध गर्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell