PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्तो देखियो टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

यस्तो देखियो टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बडादसैँको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास्ट गरेका थिए।

सेनाको टोलीले सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुको साथै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ र मार्चपास्टसहितको बढाइँ प्रस्तुत गरेको थियो। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशा व्यवसायका प्रतिनिधिको सहभागिता थियो।

फूलपातीका दिन सैनिक मञ्चमा बढाइँ गर्ने परम्परा रहिआएको छ। बढाइँअघि राष्ट्रपतिको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो। कोभिड-१९ संक्रमणको जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम गरिदै आएको छ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ।



ट्रेन्डिङ पोस्ट

Ncell