PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

काठमाडौं महानगरभित्रका विद्यालय पनि खुल्न थाले, कक्षा कोठामा जे देखियो...

काठमाडौं महानगरभित्रका विद्यालय पनि खुल्न थाले, कक्षा कोठामा जे देखियो...

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कोरोना संक्रमणको कारण काठमाडौंमा बन्द भएका विद्यालयहरु खुल्न थालेका छन्।

स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुल्न अनुमति दिएपछि प्रकृया पूरा गरेर खुल्न थालेका हुन्। काठमाडौं महानगरपालिका केही विद्यालय मात्रै संचालनमा आएका हुन्। काठमाडौं महानगरपालिका बाहेक अन्य जिल्ला तथा पालिकाहरुमा पनि कतिपय विद्यालयहरु संचालनमा आइसकेका छन् भने केही संचालन गर्ने तयारी रहेको छ।

आइतवार टेकुस्थित श्री सरस्वती निकेतन सेकेन्डरी स्कुलमा पुग्दा कक्षा चलिरहेको थियो। यस विद्यालयमा तीन सिफ्टमा कक्षा संचालन गरिएको छ। पहिलो सिफ्टमा कक्षा ८ देखि १० सम्मको पढाइ भइरहेको विद्यालयका शिक्षकले जानकारी दिए। त्यस्तै, दोस्रो सिफ्टमा नर्सरीदेखि कक्षा तीनसम्म चलिरहेको छ। तेस्रो सिफ्टमा भने ४ कक्षादेखि ७ कक्षासम्म सञ्चलन गरिएको छ।

यसरी सिफ्ट अनुसार कक्षा संचालन हुँदा एक सिफ्टले अर्को सिफ्टका विद्यार्थी नभेटुन् र भिडभाड नहोस् भनेर प्रत्येक सिफ्ट एक घण्टाको फरकमा संचालन गरिएको छ। विद्यार्थीहरुलाई विद्यालयमा प्रवेश गर्दा गेटमा नै सेनिटाइज गर्ने, मास्क अनिवार्य र एक घण्टाको फरकमा हात धुन लगाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell