PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

गजुरमाथि देउताको मूर्ति : दृश्यमा कहीँ नभएको हाँडीगाउँ जात्रा

गजुरमाथि देउताको मूर्ति : दृश्यमा कहीँ नभएको हाँडीगाउँ जात्रा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : नर दे: (हाँडीगाउँ) मा बिहीवार चोकटे नारायण जात्रा मनाइएको छ। 'कहीँ नभएको जात्रा'का रुपमा परिचित हाँडीगाउँको जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट धूमधामका साथ मनाइएको हो।

लिच्छवि कालदेखि चलिआएको मानिएको यो जात्रामा नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा भनिएको हो। जात्रामा यस्ता तीन वटा रथ वा खट हुन्छ।

रथहरु आमा, बाबु र छोराको मानिन्छ। हाँडीगाउँको ठटुटोलमा बन्ने रथ ब्रह्मा वा बाबुको हुन्‍छ। न्यालमा टोलमा छोरा विष्णुको रथ बनाइन्छ। कोटाल टोलमा भने आमा या महेश्वर भनिनेको रथ तयार गरिन्छ।

हरेक रथमा बीचमा मेरुदण्ड स्योसिं, टुप्पामा देउताको मूर्ति हुन्छ। तीन तहलाई रातो कपडाले जनाइएको हुन्छ। जात्राका क्रममा दुई जनाले मिलेर डोरी तान्दै रथको माथिल्लो भागलाई घुमाउने गरिन्छ। रथ भने करिब ३० जनाले एकनासले सन्तुलन मिलाएर बोक्छन्।

जात्रामा माउरीको चाकाको कुटबाट बनाइएको (शिस्वा) मैनको फूलले रथलाई सिँगारिएको हुन्छ।  यो फूल रथको वरिपरि तीन तहमा राखिएको हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell