काठमाडौं : जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहामाथि भएको दुर्व्यवहारविरुद्ध राजधानीमा विरोध प्रदर्शन भएको छ।
नेपाल इन्जिनियर्स एशोसिएन, वाग्मती प्रदेश र निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको संयुक्त आयोजनामा माइतीघरमा विरोध कार्यक्रम भएको हो। इन्जिनियर र निजामति कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर विरोध गरेका थिए।
सिके राउतको जनमत पार्टीका कार्यकर्ताले बिहीवार कुशवाहालाई कार्यालयबाटै बन्धक बनाएर उपमहानगरपालिकासम्म हिँडाएका थिए। त्यसक्रममा उनीहरुले कुशवाहामाथि हिलो छ्याप्नुका साथै कपडा च्यातिदिएर दुर्व्यवाहार गरेका थिए।