PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पाँच हजार कार्यकर्ता अटाउन एमालेलाई सकस, गोदावरीको सिटी हल हुँदैछ तयार

पाँच हजार कार्यकर्ता अटाउन एमालेलाई सकस, गोदावरीको सिटी हल हुँदैछ तयार

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेकपा (एमाले)को विधान महाधिवेशनका लागि तीव्र तयारी भइरहेको छ। ललितपुरको गोदावरीमा रहेको सिटी हलमा असोज १५-१७ गतेसम्म हुने विधान महाधिवेशनमा ५ हजार नेता कार्यकर्ताले भाग लिने एमालेले जनाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उक्त हलको उद्घाटन भएको थियो। काम नसकिँदै हल उद्घाटन भएको भन्दै आलोचना पनि भएको थियो। हल उद्घाटन भएको केही समयपछि नै चुहिन थालेको थियो।

हाल कामदारहरु एमालेको विधान महाधिवेशनका लागि ब्यानर राख्न, हल सजाउन, हल परिसर सफा गर्न व्यस्त छन्।

पहिलो पटक हुन लागेको एमालेको विधान महाधिवेशनले पार्टीको विधान तयार पार्ने छ। एमालेमा पहिलोपटक नीति र नेतृत्व अलग अलग महाधिवेशन मार्फत चयन गर्न लागिएको हो। उक्त विधान महाधिवेशनमा पार्टीको केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जिल्ला पदाधिकारी लगायतले भाग लिनेछन्।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले ५ हजार भन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने जानकारी दिँदै भने, 'पार्टी विभागका ५ जना, सबै जन संगठनबाट १०-१० जना प्रदेश कमिटीका सबै,  पालिकाको उपाध्यक्ष सम्मका सबै, जिल्ला पदाधिकारी सबै, निर्वाचन क्षेत्रबाट एक महिला सहित २ जना सहभागिता जनाउने छन्।'



ट्रेन्डिङ पोस्ट

Ncell