PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

तस्विरमा भक्तपुरको ब्रम्हायणी जात्रा, घस्रिँदै मन्दिर परिक्रमा, शरीरमाथि दियो बालेर पूजा

तस्विरमा भक्तपुरको ब्रम्हायणी जात्रा, घस्रिँदै मन्दिर परिक्रमा, शरीरमाथि दियो बालेर पूजा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : नवदुर्गाको शक्तिपीठका रूपमा लिइने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप विजयादशमीको दिन मेला लागेको छ। विजयादशमीको दिन भक्तपुरको च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा ब्रम्हायणी जात्रामा सहभागी हुन भक्तजनहरु बिहानैदेखि मन्दिर परिसरमा पुगेका छन्।

नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खम्ये (राँगो) लाई ब्रह्मायणी मन्दिर पुर्‍याएर वध गरेपछि रातिदेखि नै यहाँ मानिसहरु आउन सुरु भएको हो। वध गरिएको खम्येको एक टुक्रा मासु लिन सयौं व्यक्तिको भिड लागेको थियो। सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ। लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास रहेको छ।

आजको दिन ब्रम्हायणीमा व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ। यसो गरेमा मनोकांक्षा पूरा हुने, पाप नष्ट हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell