PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सिके राउतको पार्टीका कार्यकर्तालाई कारवाहीको माग गर्दै इन्जिनियरहरुको प्रदर्शन

सिके राउतको पार्टीका कार्यकर्तालाई कारवाहीको माग गर्दै इन्जिनियरहरुको प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहामाथि भएको दुर्व्यवहारविरुद्ध राजधानीमा विरोध प्रदर्शन भएको छ।

नेपाल इन्जिनियर्स एशोसिएन, सोसलिस्ट इन्जिनियर एशोसिएसन लगायत इन्जिनियरहरुको संगठनको आयोजनामा इन्जिनियरहरुले दुर्व्यवहार गर्नेहरुमाथि कारवाहीको माग गर्दै र्‍याली निकालेको हो। इन्जिनियरहरुले माइतीघरदेखि बानेश्वरसम्म नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

सिके राउतको जनमत पार्टीका कार्यकर्ताले गत बिहीवार कुशवाहालाई कार्यालयबाटै बन्धक बनाएर उपमहानगरपालिकासम्म हिँडाएका थिए। त्यसक्रममा उनीहरुले कुशवाहामाथि हिलो छ्याप्नुका साथै कपडा च्यातिदिएर दुर्व्यवहार गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell