PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • 'गोने ङ्याह' मनाउन काभ्रेका बोम्पोहरु बनेपाको बुडोलमा रहेको गोसाईकुण्डमा उक्लँदै

    'गोने ङ्याह' मनाउन काभ्रेका बोम्पोहरु बनेपाको बुडोलमा रहेको गोसाईकुण्डमा उक्लँदै

    आज जनैपूर्णिमा। तामाङ समूदायमा 'गोने ङ्याह'का रुपले चिनिन्छ। यो दिन तामाङ समुदायमा रहेका बोन धर्म सम्प्रदायका बोम्पो(झाँक्री)हरु लेकमा उक्लन्छन् र कुण्डहरुको पूजा गर्छन्। बोम्पोका साथमा अरु भक्तजन पनि जाने गर्छन्। कमाईको पहिलो भाग चढाउँदा प्रकृति खुसी भएर वरदान मिल्ने विश्वास तामाङ समूदायमा रहेको छ। यही अवसरमा काभ्रेका झाँक्रीहरु बनेपामा रहेको गोसाइकुण्ड दर्शनमा आइपुगेका छन्। यही अवसरमा बोम्पो विद्या सिक्नेहरुले गुरु…

    विस्तृतमा पढ्नुस्

  • थरुहट विद्रोहको ६ वर्ष : न्याय माग्दै माइतीघरमा युवाहरुले मञ्चन गरे नाटक

    थरुहट विद्रोहको ६ वर्ष : न्याय माग्दै माइतीघरमा युवाहरुले मञ्चन गरे नाटक

    काठमाडौं : थरुहट थारुवान विद्रोहको ६ वर्ष पूरा भएको सन्दर्भमा माइतीघरमा नाटक मञ्चन गरिएको छ। दलन र दमनबाट मुक्तीको माग गर्दै थरुहटसँग सम्बन्धित संघसंस्थाले विगत केही दिन देखि माइतीघरमा धर्ना दिइरहेका छन्। धर्नाका क्रममा कलाकारहरुले समानता, न्याय र अधिका एवम् दासताविरुद्धको नाटक मञ्चन गरेका छन्। प्रदर्शन गरिरहेका अभियन्ताहरुले थरुहट आन्दोलनका क्रममा झुटा मुद्दामा फसाइएका व्यक्तिहरुलाई बिना शर्त रिहा गर्नुपर्ने माग…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा विद्यार्थीको नारा : 'लुट्न सके लुट कलेज, इन्जिनियरिङमै हो छुट'

    माइतीघरमा विद्यार्थीको नारा : 'लुट्न सके लुट कलेज, इन्जिनियरिङमै हो छुट'

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका १० वटा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले आज माइतीघरमा विरोध प्रदेर्शन गरेका छन्। कोरोना भाइरसको संक्रमणका कारण कलेजहरु बन्द रहँदा अनलाइन कक्षामात्रै भएको र कलेजले शुल्कमा छुट नदिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्। विगत केहीदिन यता काठमाडौं उपत्यकामा रहेका इन्जिनियरिङ कलेजमा विद्यार्थीले प्रदर्शन गर्दै आएका थिए। आज सबै १० वटा कलेजका विद्यार्थी एकसाथ भेला भएर बृह्त…

    विस्तृतमा पढ्नुस्

  • काबुलबाट धमाधम फर्कंदै नेपाली, चाटर्ड फ्लाइटबाट थप नागरिक फर्किए स्वदेश

    काबुलबाट धमाधम फर्कंदै नेपाली, चाटर्ड फ्लाइटबाट थप नागरिक फर्किए स्वदेश

    आन्तरिक द्वन्द्वमा फसेको अफगानिस्तानबाट विभिन्न देशले नागरिक फिर्ता लैजाने क्रम जारी छ। विद्रोही संगठन तालिवानले राजधानी काबुल समेतलाई नियन्त्रणमा लिएपछि त्यहाँ रहेका विदेशी नागरिकहरु धमाधम स्वदेश फर्किरहेका छन्। नेपाली नागरिकहरु पनि मंगलबारदेखि स्वदेश फर्कन थालेका छन्।  अफगानिस्तानबाट उद्दार भई कुवेत पुगेका ११८ जना नेपाली नागरिक मंगलबार बिहान काठमाडौँ आइपुगेका थिए। यस्तै, साँझ थप नेपाली चाटर्ड फ्लाइटबाट नेपाल आइपुगेका हुन्। परराष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा यसरी दहन गरियो गथांमुग

    भक्तपुरमा यसरी दहन गरियो गथांमुग

    काठमाडौं:  काठमाडौं उपत्यकाका नेवार समुदायले आज गथांमुग दहन गरेका छन्।   किसानहरुले रोपाँई गर्न शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने गरेको र अहिले समय धान रोपेर किसानहरु आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुग: दहन गरिएको जानकार बताउँछन्।  कसैले भने गथांमुगलाई घण्टाकर्ण पनि भन्ने गर्छन्। तर, गथांमुग र घण्टाकर्ण दुई बेग्लै पात्र रहेकाले गथांमुग:लाई घण्टाकर्णसँग जोड्न नुहने संस्कृतिविद्हरुको को मत छ।  घण्टाकर्ण देवताको अस्तित्व स्वीकार नगर्ने राक्षसका रुपमा लिइन्छ।…

    विस्तृतमा पढ्नुस्

  • एउटै कोठामा ५० परीक्षार्थी : 'विद्यार्थीको देश खै?' भन्दै पाटन क्याम्पसमा प्रदर्शन

    एउटै कोठामा ५० परीक्षार्थी : 'विद्यार्थीको देश खै?' भन्दै पाटन क्याम्पसमा प्रदर्शन

    काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्दै गइरहेको छ। यस अवस्थामा जिल्ला प्रशासन कार्यालयले भिडभाड नगर्न, सभा सम्मेलन संचालन नगर्न भन्दै निर्देशन दिएको थियो। 'लुज' निधेषाज्ञाको अवधि थप्दै प्रशासनले स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारवाही गर्ने जनाएको थियो। काठमाडौंमा संक्रमण बढ्दै गइरहेको र प्रशासनको निर्देशनबिच अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न संकायको परीक्षा भइरहेको छ। संक्रमणको जोखिम बढ्दै गइरहेको…

    विस्तृतमा पढ्नुस्

  • भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णयविरुद्ध मनोहरा सुकुम्बासी बस्तीमा प्रदर्शन

    भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णयविरुद्ध मनोहरा सुकुम्बासी बस्तीमा प्रदर्शन

    काठमाडौं : सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको विरोधमा प्रदर्शन गरिएको छ। राष्ट्रिय युवा संघ नेपालको अगुवाईमा बिहीवार मनोहरा सुकुम्बासी बस्तीमा आयोग विघटन गर्ने निर्णयको विरोधमा प्रदर्शन गरिएको हो। भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जा दिन अन्तिम अवस्थामा आयोज खारेज गर्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्न बाध्य भएको सहभागीहरुले बताए। सो निर्णय फिर्ता लिनु पर्ने उनीहरुको माग रहेको छ। प्रदर्शनमा सहभागीहरुले…

    विस्तृतमा पढ्नुस्

  • तीन - चार जना यात्रु लिएर काठमाडौंबाट महेन्द्रनगरसम्म छुट्छन् बस, 'खर्चै उठ्दैन, चलाउनुभन्दा थन्काउनु बेस'

    तीन - चार जना यात्रु लिएर काठमाडौंबाट महेन्द्रनगरसम्म छुट्छन् बस, 'खर्चै उठ्दैन, चलाउनुभन्दा थन्काउनु बेस'

    काठमाडौंः महेन्द्रनगरका उमेश श्रेष्ठले चैत महिनामा ३२ लाख रुपैयाँ खर्चेर गाडी किने। आफूसँग भएको पैसाले गाडी किनेका भने होइनन्। बैंकबाट ऋण झिकेका थिए। मासिक ४० हजार रुपैयाँ किस्ता बुझाउने शर्तमा। गाडीबाट कमाउँला र तिरौँला भन्नेमा ढुक्क थिए उमेश। तर सोचे झैँ कहाँ हुँदो रहेछ। गाडी किनेर गुड्न नपाउँदै देशभर कोरोनाको संक्रमण बढ्यो। काठमाडौंलगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरियो। लामो दुरीका…

    विस्तृतमा पढ्नुस्

  • जताततै लाइनै लाइन : खोप लगाउन भन्दा लगाएको प्रमाणपत्र लिन झनै सास्ती, बिहान १ बजेदेखि नै अस्पताल पुग्छन् युवा

    जताततै लाइनै लाइन : खोप लगाउन भन्दा लगाएको प्रमाणपत्र लिन झनै सास्ती, बिहान १ बजेदेखि नै अस्पताल पुग्छन् युवा

    काठमाडौं : मोरङका उत्तम खत्रीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल धाउन थालेको चार दिन भइसक्यो। तर पनि उनको काम अझै फत्ते भएको छैन। आज पनि काम होलाकी भनेर हातमा टोकन बोकेर लाइनमा बसिरहेका थिए उनी। तर आज पनि काम बन्नेमा विश्वस्त भने छैनन्। 'टोकन दिन्छन् आज हुन्छ भन्छन्। तर चार दिन भइसक्यो काम भएको छैन,' मलिन स्वरमा आफ्नो पिडा सुनाए उत्तमले। केही…

    विस्तृतमा पढ्नुस्

  • ‘जनताका लागि लोकतन्त्र’ भन्दै माइतीघरदेखि बानेश्वरसम्म ‘बृहत नागरिक आन्दोलन’को पार्च पास

    ‘जनताका लागि लोकतन्त्र’ भन्दै माइतीघरदेखि बानेश्वरसम्म ‘बृहत नागरिक आन्दोलन’को पार्च पास

    काठमाडौं : ‘बृहत नागरिक आन्दोलन’ले खबरदारी मार्च पास गरेको छ। ‘जनताका लागि लोकतन्त्र’ भन्दै माइतीघरदेखि बानेश्वरसम्म ‘बृहत नागरिक आन्दोलन’ले पार्च पास गरेको हो। सो क्रममा ‘बिपी प्रतिष्ठान बचाउ र बदल’ भन्दै खबरदारी गरिएको थियो। पार्च पासमा उपस्थितहरुले ‘दलितलाई बाटोमै छोड्ने, दातालाई बाटोमै टिप्ने’, ‘कस्तो थिति? जनजीविका न्याय सुनिश्चित गर्ने थिति’, ‘देशकै ठूलो शिक्षण अस्पताल ठप्प छ, भ्रष्टाचारले देश ग्रस्त छ’, ‘दक्षिणपन्थी…

    विस्तृतमा पढ्नुस्

  • युथफोर्सलाई काउन्टर दिँदै अखिल फोर्सको शक्ति प्रदर्शन

    युथफोर्सलाई काउन्टर दिँदै अखिल फोर्सको शक्ति प्रदर्शन

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह समर्थित अखिल फोर्सले शनिवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ। एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबिच विवाद उत्कर्षमा पुगेको बेला अखिल फोर्सको गठन भएको थियो। केपी शर्मा ओली समर्थित युथ फोर्सलाई काउन्टर दिँदै अखिल फोर्स गठन गरिएको हो। बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजना भएको अखिल फोर्सको बृहत् भेलालाई माधव नेपाल लगायत…

    विस्तृतमा पढ्नुस्

  • बनस्थलीको सोफा कारखानामा लागेको आगो नियन्त्रणमा

    बनस्थलीको सोफा कारखानामा लागेको आगो नियन्त्रणमा

    काठमाडौं : बनस्थलीको एक सोफा कारखानामा लागेको आगो नियन्त्रणमा लिइएको छ। आज दिउँसो करिब ३ बजेतिर कारखानामा आगो लागेको थियो। जुद्ध वारुण यन्त्रबाट दमकल आएपछि आगो निभाइएको हो। आगलागीबाट कारखानामा तयारी अवस्थामा रहेका करिब १०० सेट सोफा र अन्य सामानहरु नष्ट भएका छन्। करिब १ करोड भन्दा बढी को क्षति भएको बताइएको छ। विद्युत सर्ट भएर आगो लागि भएको अनुमान गरिएको…

    विस्तृतमा पढ्नुस्

  • आपतमा परेका महिलालाई माइती नेपालको यस्तो सहयोग

    आपतमा परेका महिलालाई माइती नेपालको यस्तो सहयोग

    काठमाडौं : आठौं मानव बेचविखनविरुद्ध अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा माइती नेपालले दैनिक ज्याला मजदुरी गर्दै आएका महिलाहरुलाई सहयोग प्रदान गरेको छ। कोभिड १९ संक्रमणका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्दै आएका करिब ४० महिलाहरुलाई माइती नेपालले आज आफ्नै कार्यालयमा राहत सहयोग हस्तान्तरण गरेको हो। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले राहत सामाग्रीसँगै उनीहरुलाई केही रकम समेत उपलब्ध गराएकी हुन्। त्यसक्रममा…

    विस्तृतमा पढ्नुस्

  • आधिकारिकता पुष्टि गर्न जसपाका नेताहरु निर्वाचन आयोग पुग्दाका दृश्यहरु

    आधिकारिकता पुष्टि गर्न जसपाका नेताहरु निर्वाचन आयोग पुग्दाका दृश्यहरु

    काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि आज उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगे। आयोगले पार्टीको आधिकारिकता सम्बन्धी विवाद सुल्ट्याउन जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको थियो। सनाखतको लागि नेता रेशम चौधरी पनि आयोग पुगेका थिए। डिल्लीबजार कारागारमा आयोगले सनाखत गराउन खोजे पनि चौधरीले मानेनन्। उनले अड्डी कसे - निर्वाचन आयोगमा नै…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा घेराबिच ठाँटका साथ कारागारबाट सांसद रेशम चौधरी निर्वाचन आयोगमा

    सुरक्षा घेराबिच ठाँटका साथ कारागारबाट सांसद रेशम चौधरी निर्वाचन आयोगमा

    काठमाडौं : डिल्लीबजारस्थित कारागारमा पार्टीको आधिकारिकताको लागि सनाखत गर्न नमानेपछि सांसद रेशम चौधरीलाई सुरक्षा घेराका साथ निर्वाचन आयोग पुर्‍याइएको छ।  गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागको स्वीकृतिपछि सांसाद चौधरीलाई डिल्लीबजार कारागारबाट आयोग पुर्‍याइएको हो। बाक्लो सुरक्षाकर्मीको घेरामा सांसद चौधरीलाई आयोग लगिएको थियो। उनी नीलो कुर्थामाथि स्टकोट लगाएर ठाँटिएर आयोग पुगेका थिए। सांसद चौधरीले आयोगमा नै गएर सनाखत गर्ने अडिक लिएका थिए। जनता समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • जसपाको 'हेड काउन्ट'मा को कसरी पुगे आयोग? हेर्नुस् फोटोमा

    जसपाको 'हेड काउन्ट'मा को कसरी पुगे आयोग? हेर्नुस् फोटोमा

    काठमाडौं : : जनता समाजवादी पार्टीको आधिकारिताका लागि केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरु निर्वाचन आयोग पुगेका छन्। सनाखतमा अहिलेसम्म अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले सनाखत गरेका छन्। महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा १६ जनाले सनाखत गराएका छन्। ५१ जना कार्यकारिणी रहेको जसपामा अब रेशम चौधरीले मात्र हस्ताक्षर गर्न बाँकी छ। सनाखतमा आयोगमा यसरी पुगेका थिए नेताहरु, हेर्नुस्…

    विस्तृतमा पढ्नुस्

  • ओलीको समर्थनमा युवा संघ र युथफोर्स सडकमा, मार्चपास निस्कँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    ओलीको समर्थनमा युवा संघ र युथफोर्स सडकमा, मार्चपास निस्कँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघ र युथ फोर्सले राजधानीमा शनिवार ‍र्‍याली निकालेको छ। रातो पहिरनमा सयौंको संख्यामा रहेका युवासंघ र युथफोर्स कार्यकर्ताहरुले 'ओली नै यो पुस्ताको नेतृत्व हो' भन्दै माइतीघरबाट बानेश्वरसम्म मार्चपास गरेका थिए। गत शनिवार एमाले नेता महेश बस्नेतले १० हजार युथफोर्स कार्यकर्तालाई काठमाडौंमा मार्चपासका लागि उत्तार्ने बताएका थिए। मार्चपासका…

    विस्तृतमा पढ्नुस्

  • खोप लगाउन टेकुमा उर्लियो भिड, प्रहरीले माइकिङ गर्दै भन्यो : भोलि आउनुस्

    खोप लगाउन टेकुमा उर्लियो भिड, प्रहरीले माइकिङ गर्दै भन्यो : भोलि आउनुस्

    काठमाडौं : आज बिहानैदेखि टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल बाहिर मानिसहरुको घुँइचो बढेको थियो। कोभिड १९ विरुद्ध अमेरिकी खोप जोन्सन एन्ड जोन्सन दिन सुरु गर्ने भनिएपछि खोप लगाउन धेरै संख्यामा मानिसहरु लाइन बस्न पुगेका थिए। बिहान ४-५ बजेदेखि नै मानिसहरु लाइनमा थिए। अस्पतालबाट सुरु भएको लाइन निकै लामो हुँदै गयो। समय जति बढ्दै गयो त्यति नै खोप लगाउन…

    विस्तृतमा पढ्नुस्

  • बालकोटका लागि बालुवाटारबाट निस्किए ओली, सडक कब्जा गरेर युवा संघका कार्यकर्ता स्कर्टिङमा

    बालकोटका लागि बालुवाटारबाट निस्किए ओली, सडक कब्जा गरेर युवा संघका कार्यकर्ता स्कर्टिङमा

    काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवासबाट बाहिरिएका छन्। प्रहरीको स्कर्टिङसहित ओली बालुवाटारबाट बालकोटका लागि निस्किएका हुन्। सरकारी निवास भित्रबाटै नेकपा एमालेका कार्यकताहरु ओलीको गाडीको पछाडि हर्न बजाउँदै निस्किएका छन्। युवा संघले ओलीलाई मोटरसाइकल र गाडीको स्कर्टिङसम्म बालकोटमा स्वागत गर्ने तयारी गरेको छ। जसकारण ओलीको सवारी हुने सडकमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ।  युवा संघका कार्यकर्ताहरुले र्‍यालीका क्रममा न्यायालयविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • ‘सर्वोच्चलाई धन्यवाद’ : नेविसंघले मैनबत्ती बालेर सर्वोच्च अदालतको निर्णयको स्वागत गर्‍यो

    ‘सर्वोच्चलाई धन्यवाद’ : नेविसंघले मैनबत्ती बालेर सर्वोच्च अदालतको निर्णयको स्वागत गर्‍यो

    काठमाडौं : सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णयको स्वागत गर्दै नेपाल विद्यार्थी संघले मैनबत्ती बालेर खुसीयाली मनाएको छ। नेविसंघले माइतीघरमा मैनबत्ती बालेर सर्वोच्च अदालतको सोमवारको निर्णयको स्वागत गरेको हो। सर्वोच्चले सोमवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ। सो क्रममा नेविसंघका नेताहरुले ‘सर्वोच्चलाई धन्यवाद’, ‘प्रतिगमन ढल्यो’, ‘प्रतिगमन बाईबाई’, ‘संवैधानिक सर्वोच्चता जिन्दावाद’ लगायत लेखिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell