PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

माइतीघरमा विद्यार्थीको नारा : 'लुट्न सके लुट कलेज, इन्जिनियरिङमै हो छुट'

माइतीघरमा विद्यार्थीको नारा : 'लुट्न सके लुट कलेज, इन्जिनियरिङमै हो छुट'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका १० वटा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले आज माइतीघरमा विरोध प्रदेर्शन गरेका छन्।

कोरोना भाइरसको संक्रमणका कारण कलेजहरु बन्द रहँदा अनलाइन कक्षामात्रै भएको र कलेजले शुल्कमा छुट नदिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्।

विगत केहीदिन यता काठमाडौं उपत्यकामा रहेका इन्जिनियरिङ कलेजमा विद्यार्थीले प्रदर्शन गर्दै आएका थिए। आज सबै १० वटा कलेजका विद्यार्थी एकसाथ भेला भएर बृह्त विद्यार्थी आन्दोलनको घोषणा गरेका हुन्।

कलेजले पढाई शुल्कमा१० प्रतिशत छुट दिने बताए पनि विद्यार्थीहरुले ३० प्रतिशत छुट पाउनुपर्ने माग गरिरहेका छन्।

विद्यार्थीहरुले अहिले महामारीसँग लड्नु परेको बेला कलेजसँग लड्नु परेको भन्दै माइतीघरमा प्लेकार्ड बोकेर विरोध जनाएका हुन्। विद्यार्थीहरुले कलेजहरुले 'लुटतन्त्र' मचाएको आरोप समेत लगाएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell