PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

‘सर्वोच्चलाई धन्यवाद’ : नेविसंघले मैनबत्ती बालेर सर्वोच्च अदालतको निर्णयको स्वागत गर्‍यो

‘सर्वोच्चलाई धन्यवाद’ : नेविसंघले मैनबत्ती बालेर सर्वोच्च अदालतको निर्णयको स्वागत गर्‍यो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णयको स्वागत गर्दै नेपाल विद्यार्थी संघले मैनबत्ती बालेर खुसीयाली मनाएको छ। नेविसंघले माइतीघरमा मैनबत्ती बालेर सर्वोच्च अदालतको सोमवारको निर्णयको स्वागत गरेको हो।

सर्वोच्चले सोमवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ।

सो क्रममा नेविसंघका नेताहरुले ‘सर्वोच्चलाई धन्यवाद’, ‘प्रतिगमन ढल्यो’, ‘प्रतिगमन बाईबाई’, ‘संवैधानिक सर्वोच्चता जिन्दावाद’ लगायत लेखिएको ब्यानर प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell