PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

थरुहट विद्रोहको ६ वर्ष : न्याय माग्दै माइतीघरमा युवाहरुले मञ्चन गरे नाटक

थरुहट विद्रोहको ६ वर्ष : न्याय माग्दै माइतीघरमा युवाहरुले मञ्चन गरे नाटक

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : थरुहट थारुवान विद्रोहको ६ वर्ष पूरा भएको सन्दर्भमा माइतीघरमा नाटक मञ्चन गरिएको छ। दलन र दमनबाट मुक्तीको माग गर्दै थरुहटसँग सम्बन्धित संघसंस्थाले विगत केही दिन देखि माइतीघरमा धर्ना दिइरहेका छन्।

धर्नाका क्रममा कलाकारहरुले समानता, न्याय र अधिका एवम् दासताविरुद्धको नाटक मञ्चन गरेका छन्।

प्रदर्शन गरिरहेका अभियन्ताहरुले थरुहट आन्दोलनका क्रममा झुटा मुद्दामा फसाइएका व्यक्तिहरुलाई बिना शर्त रिहा गर्नुपर्ने माग उठाएका छन्। उनीहरुले सांसद रेशम चौधरीको रिहाईको माग समेत गरिरहेका छन्।

थारु युवायुवतीहरुले लाल आयोग र देवीराम शर्मा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उल्लेखित प्लेकार्ड समेत प्रदर्शन गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell