PahiloPost

May 29, 2026 | १५ जेठ २०८३

भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णयविरुद्ध मनोहरा सुकुम्बासी बस्तीमा प्रदर्शन

भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णयविरुद्ध मनोहरा सुकुम्बासी बस्तीमा प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको विरोधमा प्रदर्शन गरिएको छ। राष्ट्रिय युवा संघ नेपालको अगुवाईमा बिहीवार मनोहरा सुकुम्बासी बस्तीमा आयोग विघटन गर्ने निर्णयको विरोधमा प्रदर्शन गरिएको हो।

भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जा दिन अन्तिम अवस्थामा आयोज खारेज गर्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्न बाध्य भएको सहभागीहरुले बताए। सो निर्णय फिर्ता लिनु पर्ने उनीहरुको माग रहेको छ।

प्रदर्शनमा सहभागीहरुले ‘जमिन त खोसिस् सरकार, नागरिकता पनि खोस्’, ‘विदेशीले सीमा मिच्दा नबोल्ने सरकार, आज हाम्रो जमिन खोस्न हतार’, ‘वी वान्ट जस्टिस’, ‘माफिया देउवा, सुकुम्बासी मारुवा’ लगायतको नारा लेखिएको पम्पलेट बोकेर प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell