PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

‘जनताका लागि लोकतन्त्र’ भन्दै माइतीघरदेखि बानेश्वरसम्म ‘बृहत नागरिक आन्दोलन’को पार्च पास

‘जनताका लागि लोकतन्त्र’ भन्दै माइतीघरदेखि बानेश्वरसम्म ‘बृहत नागरिक आन्दोलन’को पार्च पास

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : ‘बृहत नागरिक आन्दोलन’ले खबरदारी मार्च पास गरेको छ। ‘जनताका लागि लोकतन्त्र’ भन्दै माइतीघरदेखि बानेश्वरसम्म ‘बृहत नागरिक आन्दोलन’ले पार्च पास गरेको हो।

सो क्रममा ‘बिपी प्रतिष्ठान बचाउ र बदल’ भन्दै खबरदारी गरिएको थियो। पार्च पासमा उपस्थितहरुले ‘दलितलाई बाटोमै छोड्ने, दातालाई बाटोमै टिप्ने’, ‘कस्तो थिति? जनजीविका न्याय सुनिश्चित गर्ने थिति’, ‘देशकै ठूलो शिक्षण अस्पताल ठप्प छ, भ्रष्टाचारले देश ग्रस्त छ’, ‘दक्षिणपन्थी सल्बलाउँदैछ, सत्ता गठबन्धन अल्मलिँदैछ’ लगायत लेखिएको पम्पलेट प्रदर्शन गरेका थिए।

मार्चपास पछिको सभामा कविहरु भूपाल राई लक्ष्मी रुम्बा र संगीता उरावँले कविता सुनाएका थिए भने गायक प्रदीप देवानले गीत गाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell