PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

'गोने ङ्याह' मनाउन काभ्रेका बोम्पोहरु बनेपाको बुडोलमा रहेको गोसाईकुण्डमा उक्लँदै

'गोने ङ्याह' मनाउन काभ्रेका बोम्पोहरु बनेपाको बुडोलमा रहेको गोसाईकुण्डमा उक्लँदै

रोजन श्रेष्ठ/पहिलोपोस्ट


आज जनैपूर्णिमा। तामाङ समूदायमा 'गोने ङ्याह'का रुपले चिनिन्छ। यो दिन तामाङ समुदायमा रहेका बोन धर्म सम्प्रदायका बोम्पो(झाँक्री)हरु लेकमा उक्लन्छन् र कुण्डहरुको पूजा गर्छन्।

बोम्पोका साथमा अरु भक्तजन पनि जाने गर्छन्। कमाईको पहिलो भाग चढाउँदा प्रकृति खुसी भएर वरदान मिल्ने विश्वास तामाङ समूदायमा रहेको छ। यही अवसरमा काभ्रेका झाँक्रीहरु बनेपामा रहेको गोसाइकुण्ड दर्शनमा आइपुगेका छन्। यही अवसरमा बोम्पो विद्या सिक्नेहरुले गुरु थाप्ने चलन पनि रहेको छ। आज तामाङहरुले तामाङ ज्ञान दिवसको रुपमा समेत मनाउने गरिन्छ।

गोसाईकुण्डको सहायकको रुपमा चिनिने यो कुण्ड बनेपास्थित बुडोलमा रहेको छ। शारीरिक अस्वस्थ र रसुवाको गोसाइकुण्ड पुग्न नसकेकाहरु बिहानदेखि यहाँ आएर यहाँ स्नान गर्ने गरिन्छ। हिन्दु धर्मावलम्बीहरुले पनि यहाँ आइपुगेर जनै र डोरी फेर्ने गरेको पाइन्छ। जंगलको बीच भागमा अवस्थित यो कुण्डमा गएर स्नान गर्नले पनि गोसाईकुण्ड गए जत्तिकै हुने किम्बदन्ती छ।

बानेपा बजारबाट झन्डै तीन किलोमिटर माथि रहेको यस कुण्डलाई गोसाईकुण्डको सहायक रुपमा लिई मेला भर्ने र स्नान गर्ने गरेको पाइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell