PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

आपतमा परेका महिलालाई माइती नेपालको यस्तो सहयोग

आपतमा परेका महिलालाई माइती नेपालको यस्तो सहयोग

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आठौं मानव बेचविखनविरुद्ध अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा माइती नेपालले दैनिक ज्याला मजदुरी गर्दै आएका महिलाहरुलाई सहयोग प्रदान गरेको छ।

कोभिड १९ संक्रमणका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्दै आएका करिब ४० महिलाहरुलाई माइती नेपालले आज आफ्नै कार्यालयमा राहत सहयोग हस्तान्तरण गरेको हो।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले राहत सामाग्रीसँगै उनीहरुलाई केही रकम समेत उपलब्ध गराएकी हुन्।

त्यसक्रममा बेचबिखनमा परि उद्धार गरि ल्याइएका महिलाहरुलाई समेत सहयोग गरिएको थियो। उनीहरुले महिला सशक्तिकरणका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन समेत गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell